२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

मन्त्री यादवको सप्तरीमा पुतला दहन, बर्खास्त गर्न माग

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् ।

जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो ।

रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु यादव मधेश छोर, किसान आन्दोलन जिन्दावाद, किसानको माग पुरा गरलगायतका नाराहरुलगाउदै प्रदर्शन गरेको थियो ।

जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री रेणु कुमारी यादवले गत माघ ५ गते १५ औं बलिदानी दिवसको अवसरमा सम्बोधन गर्दै गौर नरसंहार दाेहरीन सक्ने जस्ता तर्क दिएपछि उनको बर्खास्तकोलागि चारैतिर माग भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]