१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

जनमत पार्टीद्वारा मधेशमा जन्जिर जुलुस प्रदर्शन

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा जन्जिर (हतकडी) जुलुस निकालेको छ ।

किसानका माग पुरा गर्न निरन्तर आन्दोलनमा रहेको सो पार्टीले आन्दोलनकारीहरुलाई पक्राउ गर्न थालेको भन्दै जनमत पार्टीले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् ।

जनमतका कार्यकर्ताहरुले धनुषा, सिरहा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा आज दिउँसो हातमा जन्जिर बाँधेर सरकारविरुद्ध नाराबाजी गरे ।

प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताहरुले ‘पक्राउ परेका किसानलाई रिहा गर’, ‘दमनकारी सरकार मुर्दावाद’, ‘किसानको माग पुरा गर ’जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीका नेता संजय यादवले पूर्व घोषित कार्यक्रम अनुसार आज जन्जिर जुलुस प्रदर्शन गरेको बताए ।

जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको आज १ महिना ६ दिन पुरा भएको छ । तर सरकारसँग वार्ता सम्भव हुन सकेको छैन् ।

सरकारले माग पुरा नगरे माघ २० गतेबाट राजमार्गमै खाना पकाउने र बन्द गर्ने घोषणा समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]