०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टीद्वारा मधेशमा जन्जिर जुलुस प्रदर्शन

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा जन्जिर (हतकडी) जुलुस निकालेको छ ।

किसानका माग पुरा गर्न निरन्तर आन्दोलनमा रहेको सो पार्टीले आन्दोलनकारीहरुलाई पक्राउ गर्न थालेको भन्दै जनमत पार्टीले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् ।

जनमतका कार्यकर्ताहरुले धनुषा, सिरहा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा आज दिउँसो हातमा जन्जिर बाँधेर सरकारविरुद्ध नाराबाजी गरे ।

प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताहरुले ‘पक्राउ परेका किसानलाई रिहा गर’, ‘दमनकारी सरकार मुर्दावाद’, ‘किसानको माग पुरा गर ’जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीका नेता संजय यादवले पूर्व घोषित कार्यक्रम अनुसार आज जन्जिर जुलुस प्रदर्शन गरेको बताए ।

जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको आज १ महिना ६ दिन पुरा भएको छ । तर सरकारसँग वार्ता सम्भव हुन सकेको छैन् ।

सरकारले माग पुरा नगरे माघ २० गतेबाट राजमार्गमै खाना पकाउने र बन्द गर्ने घोषणा समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]