१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जनमतको जन्जिर जुलुस प्रदर्शन

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

राजविराज, १५ माघ ।
जनमत पार्टीको नेतृत्वमा किसानहरुले आज (शनिवार) जन्जिर लगाएर प्रदर्शन गरेका छन् । पार्टीले घोषणा गरे अनुसार सप्तरीसहित विभिन्न ठाउँमा किसानहरुले जन्जिर लगाएर जुलुस सहित प्रदर्शन गरेको हो ।
पार्टीका नेता, कार्यकर्ता तथा समर्थक किसानहरुले समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन गर, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर, फसलको उचित मुल्य निर्धारण गरलगायतका नाराहरुसहित प्रदर्शन गरिएको थियो ।
‘आफुहरुले गर्दै आएको आन्दोलनका महिनौं बितिसक्दा पनि सरकारले गम्भीरता नदेखाएको आरोप लगाउदै’ केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले भने-‘माग पुरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिइनेछौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]