१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

जनमतको किसान आन्दोलन, राजमार्गमा चक्काजाम

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए ।
उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन समेत गरेको थियो ।
‘जिल्लाको सम्पुर्ण स्थानिय तहको मुख्य चौकहरुमा बुधवार साँझमा उक्त जुलुस प्रदर्शन गरिएको’ जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले भने– ‘पार्टीद्धारा पुर्व घोषित किसान आन्दोलनको कार्यक्रम अन्तर्गत आज पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिएको हो ।’ किसानहरुकोे समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन गर, किसानमाथि लगाइएको झुठा मुदा खारेज गर, फसलको उचित मुल्य निर्धारण गरलगायतका मागँ उनीहरुको रेहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]