१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

सुजाता कोइराला मन्त्री बन्दै

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२० माघ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ ।

काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ ।

स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।

दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ । त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]