२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

सुजाता कोइराला मन्त्री बन्दै

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२० माघ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने करिब निश्चित भएको छ ।

काँग्रेसको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालयमा मन्त्री ल्याउन लागेका हुन् । कोइरालालाई रक्षा मन्त्रालय दिने सम्भावना छ ।

स्रोतका अनुसार अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने प्राथमिकता दिएका हुन् ।

दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक नराखेको बुझिएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ । त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]