१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जुत्ताचप्पल कारखानामा आगलागी

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

न्यूजमधेश डेस्क
झापा, २० माघ । मेचीनगर–१० काँकडभिट्टामा जुत्ताचप्पल उत्पादन गर्ने कारखाना एस एन्ड एस फुटवेयर उद्योगमा आज भएको आगलागी पाँच घण्टापछि निभाइएको छ।

श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज बिहान १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।

झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले आगो निभाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ५ बजेतिर आगलागी पूर्णरूपमा निभाइएको भएको उनले जानकारी दिए।

मेचीनगर नगरपालिकाका दुईवटै दमकल बिग्रिएको हुँदा जिल्लाबाहिर र भारतबाट दमकल मगाइएको थियो। काँकडभिट्टाको उत्तरी भागमा आवास क्षेत्रमा कारखाना रहेको छ।

आगलागीमा जुत्ता, चप्पल, कच्चा पदार्थ, केमिकल र कारखानाको भौतिक सम्पत्ति समेत गरेर आठ करोडको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगी खेतानले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]