०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

मधेश सरकार जनयुद्ध दिवस मनाउँदै , प्रचण्ड जनकपुर आउदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१ फागुन।पहिलोपटक मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको सम्झनामा आज माओवादीहरूले जनयुद्ध दिवस मनाउने गरेका छन् ।

तर मधेस सरकारकै तर्फबाट भने यो दिवस पहिलोपटक मनाउन लागिएको हो । मधेस सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रदेश मन्त्रिपरिषदको निर्णयानुसार फागुन १ गते जनयुद्ध दिवस मनाउन लागिएको र सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए । उनी मधेस सरकारमा नेकपा माओवादी केन्द्रबाट एक मात्र मन्त्री हुन् ।

यसअघि मधेस सरकारले ३ वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाइरहेको थियो । आज भने जनयुद्ध दिवस पहिलोपटक मनाउन लागेको हो ।

जनयुद्ध दिवसका अवसरमा जनयुद्धका सहिदका परिवारलाई जनही ३ लाख रुपैयाँ सहयोगसमेत मधेस सरकारले उपलब्ध गराउने भएको छ ।

नेपालमा गणतन्त्र स्थापना तथा परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको मुख्यमन्त्री लालबाबु राउतको भनाई छ ।

जनयुद्ध दिवसका दिन प्रदेश सरकारले मधेस भवन परिसरस्थित कभर्ड हलमा सहिदका परिवारलाई सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम गर्ने तय भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आज मधेस जाँदैछन् ।

संघीय सरकारका केही मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय नेता कार्यक्रममा सहभागी हुने छन ्।

पहिलो चरणमा मधेस प्रदेशका आठै जिल्लाबाट जनयुद्धका पाँच–पाँच सहिदका परिवार गरी ४० परिवारलाई जनही एक लाख रुपैयाँ र सम्मानपत्र वितरण गर्ने तयारी छ । अहिलेसम्म प्रदेशमा ५४३ जना सहिद तथा परिवार पहिचान भएको मन्त्री साहको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]