१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

नेविसंघद्वारा बाढी प्रभावित क्षेत्रमा राहत वितरण

Logo
प्रकाशित सोमबार, साउन ०६, २०७६

जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन।

केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार डुवानमा परेका थियो।

बाढी प्रभावित क्षेत्रको पीडित व्यक्तिहरुलाई स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेस नेता डा चन्द्रमोहन यादवले स्वास्थ्य शिविरमा आफै चेकजाँच गरि नि:शुल्क औषधी वितरण गरेका थियो।

साथै मल्हनियाका १ सय ६७ र इनर्वाका १ सय ८० गरी जम्मा ३ सय ४७ बाढी पीडित पारिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

प्रत्येक व्यतिलाई ५ किलो चिउरा, ४ केजी चामल, २ वटा चाउचाउसहितका खाद्यन्न सामाग्री वितरण गरिएको नेवि संघका विद्यार्थी नेता पुष्पेन्द्र गोईतले बताए ।

नेपाल कांग्रेस नेता तथा पुर्व सांसद दिनेश प्रसाद प्रसैला यादवको उपस्थितिमा आइतबार राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री तथा बिपि कोइराला प्रतिस्थान प्रदेश न २ का अध्यक्ष नवल यादव, महासमिति सदस्य भोला पंजियार, क्षेत्रिय सभापति नविन गोहिवार, नेविसंघका पूर्व केन्द्रिय सदस्य संजिव यादव, नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सन्जय यादव, सचिव सुमन्त यादव, ओजिन्द्र यादव, मनिष यादव, कमला नापा उपमेयर शिला मण्डल, उदित मिश्रा, राजेश कर्णलगाइत विद्यार्थी नेताहरु उपस्थितिमा राहत वितरण रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]