११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

नेविसंघद्वारा बाढी प्रभावित क्षेत्रमा राहत वितरण

Logo
प्रकाशित सोमबार, साउन ०६, २०७६

जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन।

केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार डुवानमा परेका थियो।

बाढी प्रभावित क्षेत्रको पीडित व्यक्तिहरुलाई स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेस नेता डा चन्द्रमोहन यादवले स्वास्थ्य शिविरमा आफै चेकजाँच गरि नि:शुल्क औषधी वितरण गरेका थियो।

साथै मल्हनियाका १ सय ६७ र इनर्वाका १ सय ८० गरी जम्मा ३ सय ४७ बाढी पीडित पारिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।

प्रत्येक व्यतिलाई ५ किलो चिउरा, ४ केजी चामल, २ वटा चाउचाउसहितका खाद्यन्न सामाग्री वितरण गरिएको नेवि संघका विद्यार्थी नेता पुष्पेन्द्र गोईतले बताए ।

नेपाल कांग्रेस नेता तथा पुर्व सांसद दिनेश प्रसाद प्रसैला यादवको उपस्थितिमा आइतबार राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा नेविसंघका पूर्व सहमहामन्त्री तथा बिपि कोइराला प्रतिस्थान प्रदेश न २ का अध्यक्ष नवल यादव, महासमिति सदस्य भोला पंजियार, क्षेत्रिय सभापति नविन गोहिवार, नेविसंघका पूर्व केन्द्रिय सदस्य संजिव यादव, नेपाल विद्यार्थी संघ धनुषा अध्यक्ष सन्जय यादव, सचिव सुमन्त यादव, ओजिन्द्र यादव, मनिष यादव, कमला नापा उपमेयर शिला मण्डल, उदित मिश्रा, राजेश कर्णलगाइत विद्यार्थी नेताहरु उपस्थितिमा राहत वितरण रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]