१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

मधेश सरकारको चार वर्षको उपलब्धि : मोदी योगीको भ्रमणदेखि प्रदेशको नामाकरणसम्म

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,३ फागुन। मधेश सरकारले प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएको कार्यलाई महत्वपूर्ण राजनीति उपलब्धिको सूचीमा राखेको छ ।

प्रदेश सरकारको चार वर्षे कार्यकाल पूरा गरेपछि आफ्नो उपलब्धि सार्वजनिक गर्दै मधेश सरकारले प्रदेशको नामाकरण मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गराउन सफल भएको कार्यलाई महत्वपूर्ण राजनीतिक उपलब्धिको रुपमा लिएको उल्लेख गरेको छ ।
प्रदेशको निशाना छाप तथा स्थायी राजनीतिका संरचनाहरु निर्माणका लागि जग्गा पहिचान तथा संरचना निर्माणका लागि उच्च स्तरीय समितिसमेत गठन गरी कार्य अघि बढाएको सरकारले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यस्तै उसले चार वर्षे उपलब्धिको सूचीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणलाई पनि राखेको छ ।

यस अवधिमा प्रादेशिक स्वायततका लागि संघीय सरकारविरुद्ध ६ वटा मुद्दा सर्वोच्च अदालतमा दर्ता गरेको, हालसम्म ४४ वटा ऐन, ३ वटा नियमावली र ११ वटा कार्यविधि/मापदण्ड/निर्देशिकाहरु निर्माण भएको प्रदेश सरकारले जनाएको छ ।

यसैगरी मधेश आन्दोलनका शहीद परिवारलाई ‘एक शहीद परिवार, एक रोजगार’ योजना अन्तर्गत २७ जना शहीद परिवारलाई रोजगार उपलब्ध गराइएको सरकारले आफ्नो उपलब्धिको सूचीमा समावेश गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]