२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

प्रादेशिक अस्पतालमा चिकित्सकको लापर्वाही, सुत्केरी महिलाको मृत्यु

Logo
प्रकाशित शनिबार, फाल्गुण ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ फागुन । मधेश सरकारले रेखदेख गर्दै आएको जनकपुधरामस्थित प्रादेशिक अस्पतालमा प्रसुति गराएकी एक महिलाको ज्यान गएको छ ।

सामान्य तरिकाले प्रसुति भएकी धनुषाको मुखियापट्टि मुसरनिया गाउँपालिका वडा नं.५ लवटोलीका ३० वर्षीया आरती यादवको मृत्यु भएको हो । अस्पतालका चिकित्सकको लापर्वाहीका कारण उनको ज्यान गएको परिवारजनले आरोप लगाएका छन् ।

प्रसव पिडा लागेकी यादवलाई फागुन गत ५ गते अस्पतालमा भर्ना गरिएको थियो । भर्ना पश्चात फानगु ६ गते राती ७ बजे बच्चालाई जन्म दिईन् । बच्चा जन्म भएको ९ घण्टा पश्चात उनको मृत्यु भएको मृतकका जेठाजु सिताराम यादवले बताए ।

सामान्य तरिकाले प्रसुति भएकी यादवको स्वास्थ्य अवस्था सम्बन्धमा डिउटीमा रहेकी नर्स नैनतारा साह र अम्बिका यादवलाई पटक पटक जानकारी गराएपनि कुनै चासो नलिएको सितारामको भनाई छ ।

अस्पतालको प्रसुति सेवामा रहेका चिकित्सक नै डिउटीको समयमा नबस्ने गरेको उनले बताए । मृत्यु पछि मात्र चिकित्सकहरु आएर घटना ढाकछोप गर्न आईसियूमा भर्ना गरेको मृतकका आफन्तले बताएका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अस्पतालका चिकित्सकले कुनै लापरवाही नगरेको दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]