१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

नदिको बहाव क्षेत्रमाथिको जग्गा अतिक्रमण रोक्नुपर्छ : प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित सोमबार, साउन ०६, २०७६

जनकपुरधाम । तराई मधेशलगाइत देशभरका विभिन्न जिल्लाहरुमा गएको विनासकारी बाढी प्रभावित क्षेत्रहरुको पीडित घरपरिवारहरुको लागि राहत तथा पुननिर्माणको लागि संघीय संसदमा प्रस्ताव दर्ता भएको छ ।

गत साउन ३ गते संघीय सँसदमा नेकपामा नेता प्रभु साहले राखेको प्रस्तावमा समर्थन गर्दै समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले बाढी पीडितको लागि राहत तथा पुन निर्माण सम्बन्धी प्रस्ताव दर्ता गराएको छ। दिउँसो १२ः१५ मा दर्ता गरिएको उक्त प्रस्तावको दर्ता नं. १० रहेको समाजवादी पार्टीका युवा नेता विनोद रोहिताले बताए ।

दर्ता गरिएको प्रस्तावमा असार २६ गतेदेखि लगातार भएको अबिरल बर्षाका कारण तराई मधेश लगाइत देशभरको आम जनजीवन नै कष्टकर भई तराई मधेशमा ठुलो परिमाणमा क्षति पुर्याएको छ । बाढी तथा डुबानमा परी झण्डै ६९ जनाको मृत्यू, ३१ बेपत्ता र ३८ जना घाईते हुनुका साथै १६ हजार ५ सय २० बढी घर परिवार विस्थापित भएको आँकडा सरकारलाई सुझाउँदै राहतको लागि प्रस्ताव दर्ता गराएको छ।

त्यसका साथ साथै राजमार्ग अवरुद्ध, विद्युत सेवा अवरुद्ध, खानेपानीको अभाव, विद्यालयहरु क्षतिग्रस्त, स्वास्थ्य उपचार व्यवस्थामा समेत नेपाल सरकारले चासो लिनुपर्ने भएकोले प्रस्ताव पेश गर्नुपरेको जानकारी दिएको छ। राज्यले पीडितहरुका लागि तत्काल अस्थायी सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, वर्षायामको सुरुवात भएकोले आवश्यक खाद्यान्नको व्यवस्था गर्नुपर्ने, बाढी प्रभावित क्षेत्रका अवरुद्ध सडक, विजुली सँचार लगायतका पूर्वाधारहरु तत्काल सुचारु गर्नुपर्ने लगायतका बुँदाहरु उपर छफफल गर्न प्रस्ताव गरिएको हो ।

यसका साथै राज्यको तर्फबाट मृतकका परिवारलाई सान्तावना स्वरुप कम्तीमा ५ लाख नगद, घाईतेहरुको उपचार तथा बेपत्ता भएका मानिसहरुको खोजी तीव्र पार्नुपर्ने, दुषित खानेपानी, फोहोर मैला र प्रतिकूल वातावरणीय प्रभावका कारण विद्यमान र संभावित स्वास्थ्य सम्बन्धी जोखिमको सामना गर्न आवश्यक स्वास्थ्य सेवाको प्रबन्ध गर्नुपर्ने प्रस्ताव उपर छलफल गर्न माग गरिएको हो ।
प्रस्तावमा बाढी नियन्त्रणको दीर्घकालिन उपाय उपर चुरेदेखि भारतीय सीमासम्म मुख्य नदीहरुमा मजबुत बाँध(तटबन्ध) निर्माण गर्नुपर्ने, नदीको बहाब क्षेत्रमाथिको जग्गा अतिक्रमण रोक्नुपर्ने, प्राकृतिक बहाब नै अवरुद्ध बनाइने जुनसुकै संरचना तथा गतिविधि रोक्नुपर्ने र नदीको गहिराई कायम राख्न चुरे क्षेत्रबाट हुने भू स्खलनका गतिविधि रोक्नुपर्ने बुँदाहरु उपर छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।

नेता प्रभु साहको प्रस्ताव उपर सांसद अरगरियालगाइग नेपाली काँग्रेसका अमरेश सिँहले पनि समर्थन गरेको छ। बाढी पहिरोका कारण तराई मधेशमा मानवीय र भौतिक क्षति व्यापक भएको नेता अरगरियाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]