०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

नदिको बहाव क्षेत्रमाथिको जग्गा अतिक्रमण रोक्नुपर्छ : प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित सोमबार, साउन ०६, २०७६

जनकपुरधाम । तराई मधेशलगाइत देशभरका विभिन्न जिल्लाहरुमा गएको विनासकारी बाढी प्रभावित क्षेत्रहरुको पीडित घरपरिवारहरुको लागि राहत तथा पुननिर्माणको लागि संघीय संसदमा प्रस्ताव दर्ता भएको छ ।

गत साउन ३ गते संघीय सँसदमा नेकपामा नेता प्रभु साहले राखेको प्रस्तावमा समर्थन गर्दै समाजवादी पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले बाढी पीडितको लागि राहत तथा पुन निर्माण सम्बन्धी प्रस्ताव दर्ता गराएको छ। दिउँसो १२ः१५ मा दर्ता गरिएको उक्त प्रस्तावको दर्ता नं. १० रहेको समाजवादी पार्टीका युवा नेता विनोद रोहिताले बताए ।

दर्ता गरिएको प्रस्तावमा असार २६ गतेदेखि लगातार भएको अबिरल बर्षाका कारण तराई मधेश लगाइत देशभरको आम जनजीवन नै कष्टकर भई तराई मधेशमा ठुलो परिमाणमा क्षति पुर्याएको छ । बाढी तथा डुबानमा परी झण्डै ६९ जनाको मृत्यू, ३१ बेपत्ता र ३८ जना घाईते हुनुका साथै १६ हजार ५ सय २० बढी घर परिवार विस्थापित भएको आँकडा सरकारलाई सुझाउँदै राहतको लागि प्रस्ताव दर्ता गराएको छ।

त्यसका साथ साथै राजमार्ग अवरुद्ध, विद्युत सेवा अवरुद्ध, खानेपानीको अभाव, विद्यालयहरु क्षतिग्रस्त, स्वास्थ्य उपचार व्यवस्थामा समेत नेपाल सरकारले चासो लिनुपर्ने भएकोले प्रस्ताव पेश गर्नुपरेको जानकारी दिएको छ। राज्यले पीडितहरुका लागि तत्काल अस्थायी सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने, वर्षायामको सुरुवात भएकोले आवश्यक खाद्यान्नको व्यवस्था गर्नुपर्ने, बाढी प्रभावित क्षेत्रका अवरुद्ध सडक, विजुली सँचार लगायतका पूर्वाधारहरु तत्काल सुचारु गर्नुपर्ने लगायतका बुँदाहरु उपर छफफल गर्न प्रस्ताव गरिएको हो ।

यसका साथै राज्यको तर्फबाट मृतकका परिवारलाई सान्तावना स्वरुप कम्तीमा ५ लाख नगद, घाईतेहरुको उपचार तथा बेपत्ता भएका मानिसहरुको खोजी तीव्र पार्नुपर्ने, दुषित खानेपानी, फोहोर मैला र प्रतिकूल वातावरणीय प्रभावका कारण विद्यमान र संभावित स्वास्थ्य सम्बन्धी जोखिमको सामना गर्न आवश्यक स्वास्थ्य सेवाको प्रबन्ध गर्नुपर्ने प्रस्ताव उपर छलफल गर्न माग गरिएको हो ।
प्रस्तावमा बाढी नियन्त्रणको दीर्घकालिन उपाय उपर चुरेदेखि भारतीय सीमासम्म मुख्य नदीहरुमा मजबुत बाँध(तटबन्ध) निर्माण गर्नुपर्ने, नदीको बहाब क्षेत्रमाथिको जग्गा अतिक्रमण रोक्नुपर्ने, प्राकृतिक बहाब नै अवरुद्ध बनाइने जुनसुकै संरचना तथा गतिविधि रोक्नुपर्ने र नदीको गहिराई कायम राख्न चुरे क्षेत्रबाट हुने भू स्खलनका गतिविधि रोक्नुपर्ने बुँदाहरु उपर छलफल गर्न प्रस्ताव दर्ता गरिएको हो ।

नेता प्रभु साहको प्रस्ताव उपर सांसद अरगरियालगाइग नेपाली काँग्रेसका अमरेश सिँहले पनि समर्थन गरेको छ। बाढी पहिरोका कारण तराई मधेशमा मानवीय र भौतिक क्षति व्यापक भएको नेता अरगरियाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]