११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

पसलमा आगलागी हुँदा १८ लाखको क्षति

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

न्यूजमधेश डेस्क
दाङ,१२ फागुन। तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा बिहीबार बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएको छ। पसलकै घरमा जडान गरिएको बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ।

बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए।

आगलागीको खबर पाएलगत्तै सुरक्षकर्मी, स्थानीयवासी घटनास्थलमा पुगेपछि अन्य घरमा थप क्षति हुनबाट जोगिएका छन्।

उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको बताइएको छ। क्षतिको यकिन विवरण आउन नसकेको भए पनि प्रारम्भिक अनुमानअनुसार १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको पीडितले बताएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]