१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

एमसीसीबारे जसपाले आज निर्णय गर्ने

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१४ फागुन । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ ।

जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल गरि पार्टीको औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् ।

यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष एमसीसी पास गराउनु पर्ने भन्दै खुलेर लाग्नुभएको छ । तर, पार्टीका अध्यक्ष उपेन्द्र यादव भने यस विषयमा मौन हुनुहुन्छ ।

बैठकको पहिलो दिन शुक्रबार स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समितिका सदस्यहरुको पद तथा नाम र कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली लगायत ११ वटा बुँदाको एजेन्डा तय गरिएको थियो ।

जसमध्ये स्थानीय निर्वाचनको तयारी गर्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय शुक्रबारको बैठकले गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]