१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

जनमत पार्टीद्वारा विदेशमा मृत्यु भएका योगेन्द्रको परिवारलाई आर्थिक सहयोग

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ फागुन।बैदेशिक रोजगारीको क्रममा दुबईमा निधन भएका जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ का योगेन्द्र भेडिहरको लास व्यवस्थापनसहित परिवारलाई आर्थिक सहयोग पनि जनमत पार्टीले गरेको छ ।

कर्मचारी जनमत संघका राष्ट्रिय नेता एवं समाजसेवी विनोद पालको अध्यक्षतामा जनमत पार्टीकी सचिव अनिता साह , गैर आवासीय मधेशी संघका कोषाध्यक्ष सन्त साह र प्रेस जनमत संघका राष्ट्रिय अध्यक्ष बीपी साहलगायतको उपस्थितिमा शनिबार पीडित परिवारलाई लास व्यवस्थापनपछि बाँकी रहेको एक लाख ९० हजार २ सय ५० रुपैंया हस्तान्त्ररण गरिएको छ । पीडित परिवारलाई थप सहयोग गर्ने बाँचा पनि जनमत पार्टी रघुनाथपुर परिवारले गरेको छ ।

उक्त अभियानमा सहयोग गर्ने गैर आवासीय मधेशी संघ (एनआरएमए) दुबई शाखा र अन्य विभिन्न सहयोगीहरुलाई जनमत पार्टीले धन्यवाद दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]