२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

हमला रोक्न रुसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१६ फागुन।युक्रेनले रुसद्वारा आफ्नो मुलुकमाथि भइरहेको सैन्य आक्रमणमा रोक लगाउन आदेश माग गर्दै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरेको छ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक अदालतमा मुद्दा दायर गरी तत्काल सैन्य कारबाही रोक्न आदेश दिन माग गरिएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलारुसका नेतासँग कुराकानी गरेको बताएका छन्। युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्न चाहे पनि उसले बेलारुसमा वार्ता गर्नुपर्ने सर्त राखेपछि युक्रेनले अस्वीकार गरेको छ। बेलारुस रुसकै समर्थक भएका कारण अन्य कुनै ठाउँमा वार्तामा बस्नुपर्ने युक्रेनको माग छ।

वार्ताका लागि दुवै पक्ष तयार भए पनि कहाँ गर्ने भन्नेमा सहमति हुन सकेको छैन। जेलेन्स्कीले बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग कुरा गरेको तर उनले के विषयमा छलफल गर्ने भन्नेबारेमा विस्तृतमा जानकारी नगराएको बताएका छन्।

आक्रमणको चौथो दिन आइतबार रुसी सेना युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा पनि प्रवेश गरेको छ। तर युक्रेनी सेनाले उक्त सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ। त्यहाँका मेयरले सशस्त्र बल, पुलिस र रक्षा बलले उक्त सहरबाट रुसी सेनालाई पूर्णरूपमा धपाउन जवाफी कारबाही गरिरहेको जनाएका छन्। तेस्रो ठूलो सहर ओडेसामा रुसी सैनिक प्रवेश गरेको तर जवाफी कारबाही गरी पछि फर्किन बाध्य बनाएको दाबी युक्रेनी सेनाको छ।

युक्रेन सरकारले रुसी आक्रमणमा परी हालसम्म दुई सय १० गैरसैनिकको मृत्यु र एक हजार एक सयजति घाइते भएको जनाएको छ। हमलाको तेस्रो दिनसम्म एक सय ९८ जना नागरिकको ज्यान गएको र एक हजारभन्दा बढी घाइते भएको युक्रेनले जनाएको थियो। रुसी सैनिकले राजधानी किएभस्थित आवासीय भवन, अस्पताल र विद्यालयमा आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ।

युक्रेनले जवाफी कारबाहीमा हालसम्म चार हजार तीन सय रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। त्यस्तै रुसका २७ वटा जहाज, २६ वटा हेलिकोप्टर, एक सय ४६ वटा ट्यांक, ४९ वटा क्यानन, एउटा बुक एयर डिफेन्स सिस्टम, ३० वटा सवारीसाधन, दुईवटा ड्रोन र दुईवटा डुंगामा क्षति पु¥याइदिएको युक्रेनको दाबी छ।

युक्रेनमा संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघले त्यहाँ रहेका आफ्ना विभिन्न निकायका काम रोकेको छ। उसले परिस्थिति सामान्य हुनेबित्तिकै आफ्ना निकाय र साझेदार निकायसँगका काम पुनः सञ्चालन गर्ने जनाएको छ। रुसले आक्रमण गर्न थालेपछि चार लाख मानिसले युक्रेन छोडेको राष्ट्रसंघले जनाएको छ।

रुसले युक्रेनमा आक्रमण गरेको विरोधमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा शनिबार भत्र्सना प्रस्ताव पास गर्न मतदान भएको थियो। तर रुसले भिटो प्रयोग गरी उक्त प्रस्ताव पास हुन दिएन।

सुरक्षा परिषद्का १५ सदस्यमध्ये ११ ले प्रस्तावको पक्षमा भोट दिए भने चीन, भारत र युएई मतदानमा सहभागी भएनन्। सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये एकले भिटो प्रयोग गरे कुनै पनि प्रस्ताव पारित हुँदैन। स्थायी सदस्यमा रुस, चीन, अमेरिका, बेलायत र फ्रान्स छन्। युक्रेनमाथि भइरहेको रुसी हमलाको विश्वव्यापी रूपमा विरोध भइरहेको छ। रुसमा पनि हमलाको विरोध भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]