०९ बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत : नेकपा एमाले

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१६ फागुन।एमालेले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत भएको जनाएको छ। अन्तर्राष्ट्रिय कानुनले नचिनेको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहने एमालेको दाबी छ।

एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा जबर्जस्ती पारित गर्नु गलत भएको बताए।

‘अन्तर्राष्ट्रिय कानुनले यो व्याख्यात्मक टिप्पणी चिन्दैन। यसरी पारित गर्नु भनेको लाज पचाउनु र सत्ता मोह मात्रै हो,’ उनले भने, ‘नहुनुपर्ने भयो।’ उनले नेपाल जस्तो जिम्मेवार मुलुकले यो कसरी गर्‍यो भन्ने कुरा आएमा यसको जिम्मेवारी, जवाफदेही को हुने भन्दै प्रश्न गरे।

‘एमसीसी दुई पक्षीय सम्झौता हो। जुन अनुमोदन गरियो भनिएको छ, तर दुईपक्षीय सम्झौतामा आरक्षण हुँदैन, व्याख्यात्मक टिप्पणीको नाममा जे गरियो त्यो गलत हो,’

उनले भने, प्रमुख प्रतिपक्ष दलसँग छलफल र सल्लाह नै नगरी एकतर्फी रूपमा व्याख्यात्मक टिप्पणी गरिएको उनले बताए। संसद्मा बोल्ने अधिकांश सांसदले पनि यो स्थितिमा जबर्जस्ती गर्न नहुनेमा ध्यानाकर्षण गराएको उनले बताए।

सत्तापक्ष र सभामुखले सदन रोकेर विपक्षीको माग सम्बोधन गरेर मात्रै यस्तो संवेदनशील विषयमा निर्णय गर्नुपर्नेमा नगरेकोमा उनको आपत्ति थियो।

एमालेले विगत ६ महिनादेखि १४ जना सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्ने मागसहित संसद् अबरोध गरिरहेको छ। उसले पछिल्लो समयमा सूचना टाँस नभएको भन्दै सभामुखको पनि राजीनामा माग गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]