२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

एमसीसी: माओवादी र एकीकृत समाजवादीमा असन्तुष्टि

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१६ फागुन। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्ने निष्कर्षमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

एमसीसी व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गर्न पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमति गरेका थिए । एमसीसी पारित गर्ने सहमतिसँगै दुवै दलको बसेको छुट्टाछुट्टै स्थायी कमिटी बैठकमा नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, रेखा शर्मालगायतका नेताले बैठकमा असन्तुष्टि पोखेका थिए । अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा व्याख्यात्मक घोषणासँगै एमसीसी संसद्बाट पारित गर्ने बैठकलाई जानकारी गराउनासाथ उनीहरूले आपत्ति जनाएका थिए ।

‘एमसीसी सम्झौता व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्न सकिँदैन । एमसीसी सम्झौतामा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणा गरेर स्वीकार गर्नु पार्टी, देश र जनताको हितमा छैन,’ पार्टी बैठकमा पोखरेलले भने ।

माओवादी केन्द्र सुरुदेखि नै एमसीसी सम्झौताको विपक्षमा उभिँदै आएको थियो । एमसीसी सम्झौताका केही सर्त संशोधन नगरी यथास्थितिमै स्वीकार नगर्ने पक्षमा उभिएको माओवादी व्याख्यात्मक घोषणा गरेर स्वीरकार गर्ने निष्कर्षमा पुगेको थियो ।

बैठकमा अध्यक्ष दाहालले आफूले व्याख्यात्मक घोषणा गरी एमसीसी संसद्बाट पारित गर्दा एमसीसी सचिवालयले त्यसलाई ग्रहण गर्नुपर्ने बताए । व्याख्यात्मक घोषणामा समेटिएका विषय स्वीकार नगरिए सोहीअनुसार अगाडि बढ्ने उनको भनाइ थियो ।

यस्तै, एकीकृत समाजवादी पार्टीभित्र समेत असन्तुष्टि देखिएको छ । अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न लागिएकाले नेपालको कानुनमाथि हुने बताए । तर, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, मेटमणि चौधरीलगायतका नेताले व्याख्यात्मक घोषणासहित एमसीसी स्वीकार गर्नु आपत्तिको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

व्याख्यात्मक घोषणापश्चात् एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको एकीकृत समाजवादीभित्र असन्तुष्ट नेतालाई मनाउन अध्यक्ष नेपाललाई हम्मेहम्मे परेको थियो ।

नेता खनालले एमसीसी संसद्बाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका थिए । ‘चीन राइज गर्दै छ । चीन राइज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ ?

अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे । एमसीसीलाई यथास्थितिमै संसद्बाट पारित गर्नु नेपाल, नेपाली जनताको हितमा नभएको उनले बताए । एमसीसीमा रहेका सर्त संशोधन नगरी व्याख्यात्मक घोषणासँगै पारित गर्नु आपत्तिको विषय भएको उनले बताए ।

एकीकृत समाजवादीका सांसद समेत रहेका चौधरीले एमसीसी सम्झौता आर्थिक सहयोग मात्रै नभएर सैन्य रणनीति पनि जोडिएको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताएका थिए । अमेरिकी आधिकारीले नै एमसीसी सैन्य रणनीतिअन्तर्गगत भनेकाले एमसीसी के हो भन्ने घामजत्तिकै छर्लंग भएको टिप्पणी चौधरीको थियो । राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]