०८ भाद्र २०८२, सोमबार
25-08-2025 , Mon
×

पुरुषको पनि अधिकार हनन हुन थाल्यो : मुख्यमन्त्री राउत

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पुरुषको अधिकार पनि हनन हुन थालेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयाेगले शुक्रबारदेखि जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश स्तरीय मानव अधिकार रक्षकको सम्मेलनलाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले पछिल्लो समयमा पुरुषको अधिकार हनन हुन थालेको बताएका हुन् ।

‘महिला हिंसा घरमै भइरहेकाे छ, तर वैदेशिक राेजगारका कारण पुरूषहरू पनि हिंसामा परिरहेका छन्’ मुख्यमन्त्री राउतले भने, ‘सरकार भएपछि त्यसतर्फ पनि सोच्नुपर्छ । कसैको अधिकार हनन हुनुभएन ।’

उनले चाहिने भन्दा पनि बढी अधिकारको प्रयोग कसैले नगर्न पाउनेतर्फ राज्यले सोच्नुपर्ने बताए ।
आफ्नो प्रहरी नहुदा मानवअधिकार उल्लंघनका घटनालाई नियन्त्रण गर्न नसकिएको उनले बताए ।

मुख्यमन्त्री राउतले आफ्नो अधिकारको खोजी गर्दा अरुको हनन गर्न नहुने बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले राज्यले सबै नागरिकलाई समान अधिकार नदिएसम्म मानवअधिकार उल्लंघनका घट्ना भइरहने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]