१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

संघीयतालाई मजबुत बनाउन सातैं प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने : मुख्यमन्त्री पोखरेल

Logo
प्रकाशित शनिबार, फाल्गुण २१, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणका क्रममा मधेश प्रदेश आएका छन् ।

शनिबार बिहान बुद्ध एयरको जहाजबाट मधेशको राजधानी जनकपुरधाम आइपुगेका उनलाई यहाँका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

मधेश प्रदेशको भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले रेल पनि चढेका छन् । जयनगरबाट खुलेको नेपाली रेल जनकपुर आउँदा दुबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी पदाधिकारी रेल चढेर कुर्थासम्म पुगे । कुर्थाबाट पुनः उनीहरु फर्केर जनकपुरधाम आएका छन् ।

रेल चढ्न जनकपुरधाम रेल्वे स्टेशन पुगेका मुख्यमन्त्री पोखरेलले शासन व्यवस्था परिवर्तन भएपनि संघीयतालाई मजबुत बनाउने काम नभएको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले संघीयताको ऐना नै प्रदेश रहेको र प्रदेशलाई मजबुत बनाउन नसकिए संघीयता मजबुत बन्न नसक्ने धारणा राखे ।

उनले पहिलाको एकल बहुमतको सरकार हटेर पाँच राजनीतिक दलको गठबन्धनको सरकार बनेपनि संघीयतालाई मजबुत बनाउने सवालमा तात्विक भिन्नता नदेखिएको बताए । ‘जुन–जुन कुराले संघीयता मजबुत भएन भनिरहेका छौं, अहिले पनि त्यही अवस्था छ’ मुख्यमन्त्री पोखरेलले भने ।

उनले संघीयतालाई मजबुत बनाउन सातैं प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा सामूहिक रुपमा आवाज उठाउनुपर्ने बताए । ‘यसबाहेक अन्तरप्रदेशीय बैठकमा पनि यसबारे कुरा राख्नुपर्छ’ मुख्यमन्त्री पोखरेलले भने ।

प्रदेशहरु अस्तित्वमा आइसकेपछि अन्तरप्रदेश आदान प्रदान हुनुपर्ने मान्यता अनुसार आफू मधेशमा र मधेशका मुख्यमन्त्री गण्डकीमा पुगेको उनको भनाइ छ । दुबै प्रदेशको विकासमा साझेदारी गर्न पनि भ्रमण प्रभावकारी हुने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले जनकपुरधाम रेल्वे स्टेशनमा अशोकका विरुवा पनि रोपेका छन् ।

यस्तो छ मधेशमा कार्यक्रम

शनिबार जनकपुरधाम आएका पोखरेल आईतबार पोखरा प्रस्थान गर्नेछन् । यसबीचमा उनले जनकपुरधाम–धनुषाधाम मन्दिरमा पूजापाठ गर्नेछन् भने शनिबारै साँझ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसँग अन्तर्क्रिया गर्नेछन् । यसपछि उनी गंगासागर आरतीमा सरिक हुनेछन् ।

आइतबार बिहान जानकी मन्दिर, राजदेवी र राम मन्दिरमा पूजापाठ गरेर बर्दिबासमा खाजा खाने कार्यक्रम राखिएको छ । त्यसपछि महोत्तरीको टुटेश्वर महादेव मन्दिरमा पूजा गर्दै सर्लाहीको भरत ताल र रौतहटको नुनथर तालको अवलोकन गर्नेछन् ।

मुख्यमन्त्री पोखरेलले पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाइ मन्दिरमा पूजा गरी जनकपुरधाम फर्किनेछन् ।

सोमबार भने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेपछि खाजा खुवाएर उनको बिदाइ गर्ने कार्यक्रम रहेको मधेश प्रदेश सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]