२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

‘अमेरिका र नेटो देशहरुले युक्रेनमा आतंकवादीहरु पठाइरहेका छन्’

Logo
प्रकाशित शनिबार, फाल्गुण २१, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,२१ फागुन। रुसले युक्रेनमाथि गरेको आक्रमणका बीचमा अमेरिका सहित नेटो देशहरुले युक्रेनमा आतंकवादी लडाकूहरु पठाइरहेको आरोप लागेको छ । रुसको फरेन इन्टेलिजेन्स सर्भिसले शुक्रबार यस्तो चेतावनी दिएको हो । इन्टेलिजेन्स सर्भिसका अनुसार यी आतंकवादीहरु डोनाबासमा तैनाथ गर्नको लागि पठाइएका हुन् । यी आतंकवादीहरुलाई सिरियामा अमेरिका नियन्त्रित अल तान्फ मिलिट्री बेसमा प्रशिक्षण दिइएको दावी गरिएको छ ।

रुसी इन्टेलिजेन्स एजेन्सीका अनुसार यी आतंकवादीहरुलाई युक्रेनमा पठाएसँगै अमेरिकाले मध्यपूर्व र अफ्रिकामा नयाँ आतंकवादी युनिट तयार गर्ने कामलाई पनि निरन्तरता दिएको छ र यी आतंकवादीहरु प्रशिक्षित भएर तयार भइसकेपछि उनीहरुलाई पोल्याण्डको बाटो भएको युक्रेन पठाइनेछ । समाचार एजेन्सी एएनआइका अनुसार बिहीबार मात्रै रुसी रक्षा मन्त्रालयले अमेरिकी मिलिट्री इन्टेलिजेन्सले युक्रेन पठाउनका लागि विदेशी लडाकू भर्ती गर्ने काम अगाडि बढाएको बताएको थियो ।

रुसी रक्षा मन्त्रालयका अनुसार करिब २०० क्रोएसियन लडाकूहरु गत हप्ता पोल्याण्डको बाटो हुँदै युक्रेन पुगेका छन् । रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेंकोभले भने ‘अमेरिकी मिलिट्री इन्टेलिजेन्सले प्राइभेट मिलिट्री कम्पनीका लडाकू भर्ती गरेर युक्रेन पठाउनको लागि ठूलो परिमाणको प्रोपोगाण्डा अभियान सुरु गरेको छ । सबैभन्दा पहिले अमेरिकी कम्पनी एकाडेमी क्युबिक र डीन कर्पोरेसनका लडाकूहरुलाई भर्ती गरिएको छ । गत हप्ता मात्रै करिब २०० लडाकूहरु क्रोएसियाबाट पोल्याण्ड हुँदै आएका छन् ।’

उनले यसरी विदेशबाट भाडाका लडाकूको रुपमा आएका लडाकूहरुलाई युद्धको क्रममा नियन्त्रणमा लिइए उनीहरुलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको आधारमा युद्ध बन्दी मान्न नमिल्ने र आपराधिक अभियोगमा कानुनी कारवाही गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]