०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

मिथिला परिक्रम महोत्तरीको मट्टिहानीमा आइपुग्यो

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

न्यूजमधेश डेस्क
महोत्तरी ,२२ फागुन। विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रम आज महोत्तरीको मट्टीहानी आइपुगेको छ। मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रम आज चौथो दिन मट्टीहानी आइपुगेको हो। परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन्।

फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने गर्छ। त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ।

डोलामा पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरु सहभागिता हुने गर्छन्। लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ।

सोही क्रममा आज अत्यन्त तामझामका साथ तिर्थालुहरुको समूह मट्टीहानी आइपुगेको हो। मट्टीहानीमा भब्य पुजाआजाका साथ आज दिनभरी र रातभरी विश्राम गरी भोलि पुन: परिक्रमको यात्रामा उनीहरु निस्कनेछन्।

मट्टीहानीमा आज नगरभरी सार्वजनिक विदा समेत दिएको नगरप्रमुख हरि मण्डलले जानकारी दिए। परिक्रममाअन्तर्गत क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औँ दिन जनकपुरको अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न गरिने चलन छ।

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको छ। परिक्रम नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको पनि विश्वास रहेकाे छ।

परिक्रममा सहभागीले १०८ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ। परिक्रमामा सहभागी भएका १५ दिनसम्म आफ्नो घर नफर्कने चलन पनि छ।

परिक्रममा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर गरी १सय ३३ किलोमिटर पैदल घुम्ने गरिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]