१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

धनुषामा लागुऔषध सहित २ जना युवा पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

जनकपुरधाम।धनुषाको लक्ष्मीनिया गाउपालिका वाड न १ स्थित रहेको सिगंरजोडा जाने सडक खण्डमा लागुऔषध सहित २ जना युवालाई प्रहरी नियन्त्रणमा लिएको छ। पक्राउ परेका महोत्तरी जिल्लाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय पवन विश्वकर्मा र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका १० बस्ने २७ वर्षीय रोशन विश्वकर्मालाई ज.९ प. ६३९८ नम्बरको डिस्कभर मोटरसाईकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा ५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएका  छन। मंगलबार बिहान ९ बजे तिर गोप्य सूचनाको आधारमा सिगंरजोडाबाट पक्राउ गरेको छ।उनिहरुमाथी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]