१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

जानकी मन्दिरभित्र प्रदेश प्रमुखको गाडीमा बनाइयो टिकटक

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,२४ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जानकी मन्दिर परिसरमै गाडी लगेपछि आलोचना भएको छ ।

दुई वर्षदेखि जानकी मन्दिर परिसरमा गाडी पार्किङमा रोक लगाए पनि प्रदेश प्रमुख मिश्र गत शनिबार ज १ झ ४५१ नम्बरको गाडी मन्दिरभित्रै लिएर गएका थिए ।

‘अनौपचारिक रुपमा दुई वर्षदेखि कुनै पनि गाडी भित्र ल्याउन बन्द गरिएको छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘प्रदेश प्रमुखको गाडी भित्रै आउनु गल्ती कुरा हो । नल्याउनुपर्ने हो ।’

मन्दिरका महन्थ, नगरपालिकाका प्रमुखसहित सुरक्षा अधिकारीहरूको सहमतिमा दुई वर्षदेखि सवारी पार्किङ गर्न अनौपचारिक रुपमा रोक लगाइएपछि सवारीसाधन बाहिर नै पार्किङ गर्ने तरिएको थियो । मुख्यमन्त्रीदेखि हरेक सुरक्षा अधिकारीको सवारीसाधन बाहिर नै पार्किङ गरिँदै आएकामा प्रदेश प्रमुखको गाडी मन्दिर प्राङ्गणमै लगिएपछि उनको गाडी प्रयोग गरेर टिकटक पनि बनाइएको छ ।

गाडी पार्किङ गरेर प्रदेश प्रमुख मन्दिर भित्र गएको केहीबेरमै आएका दुई युवकले गाडी प्रयोग गरेर टिकटक बनाएका हुन् । उनीहरूले गाडीमा अडेस लागेर आइसक्रिम खाँदै टिकटक बनाएका हुन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मन्दिरभित्र प्रदेश प्रमुखको गाडी प्रवेश गराएकोबारे जानकारी नभएको बताए । ‘के भएको रहेछ म बुझ्न लगाउँछु’ उनले भने ।- अनलाइन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]