०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

कांग्रेसको धनुषा सभापतिका लागि भोलि मतदान हुने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम २६ फागुन। नेपाली कांग्रेस धनुषा जिल्ला सभापति चयनका लागि शुक्रबार बिहान मतदान हुने भएको छ । बिहीबार बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि एक दिन पर सारिएको हो ।

यसअघि २३ फागुनमा भएको निर्वाचनमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो ।

निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ । उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए ।

बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताले नाराबाजी गरेर विरोध जनाएका छन् ।

पहिलो चरणको निर्वाचनमा योगेन्द्र पंजियारले एक हजार २४८, सन्तोष यादवले ८८२ तथा दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।

पञ्जियार नेता बिमलेन्द्र निधि, यादव सभापति शेरबहादुर देउवा र प्रसैला डा. शेखर कोइराला पक्षका हुन् । प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित ‘गणतन्त्रको उपलब्धिःसमृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकनका क्रममा शुक्रबार जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतलाई स्वागत गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा । तस्बिर : किरणराज विष्ट/रासस

जनकपुरधाम । सांस्कृती संरक्षण र विकास साथै प्रवर्द्वन गर्ने उदेश्यले धनुषाको विदेह नगरपाकिकाकाे आयाेजनामा सांस्कृतिक प्रदर्शन कार्यक्रम हुने भएको छ। भोलि शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे सह-आयाेजक एस. राज प्रोडक्सनसले जनाएको छ ।यस कार्यक्रमा मैथिली र भोजपुरी लोक नृत्य, लोक गायक, गायिका, स्थानीय कलाकारलगायतको सांस्कृतिक प्रस्तुति रहने सह-आयाेजकले जनाएको छ । जनता नमूना मावि गिद्वा […]

काठमाडौं । बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बढुवा भएका एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै जिम्मेवारी पनि पाएका हुन्। अधिकारीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी पाएका […]