०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

दुई वर्षपछि मलेसियाको रोजगारी सुचारु

Logo
प्रकाशित सोमबार, फाल्गुण ३०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,३० फागुन। सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ ।

मलेसियास्थित नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिन आह्वान गरेपछि प्रतीक्षामा रहेका लाखौं नेपाली मलेसिया जाने बाटो खुलेको हो ।

सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेपछि दुई वर्षपछि नेपाली युवा रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुनअनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नेपालबाट आर्थिक वर्ष २०७५/०७६ मा ४२ हजार १ सय ४६, आव २०७६/०७७ मा ५९ हजार ७ सय १४ र गत आवमा १ हजार ३५ युवा मलेसिया गएको उल्लेख छ ।मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]