०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

‘इन्जिनियरको चुनावमा धाँधली गर्न खोजियो’

Logo
प्रकाशित सोमबार, फाल्गुण ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० फागुन। । नेपाल इन्जिनियर्स एशोसिएशनको जनकपुरधाममा जारी मतगणनामा निर्वाचन समितिले धाँधली गर्न खोजेको आरोप लागेको छ ।

एशोसिएशनको मधेश प्रदेश अध्यक्ष पदका लागि उम्मेदबारी दिएका इन्जिनियर गौरी पण्डितले धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले बाकसबाट झिकेर राखिएको मतपत्र गिन्ती हेराफेरी गर्न खोजेको बताए ।

गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालबाट प्रदेश अध्यक्ष पदमा उम्मेदबारी दिएका उनले प्रदेशको हरेक पदमा आफूहरुले अग्रता लिएपछि धाँधली गरेर सत्ता पक्षलाई जिताउन खोजेको बताए ।

पण्डितले शुक्रबार रातिदेखि मतगणना भइरहेपनि १ हजार मतपत्र गन्न नसकिएको बताए । गैर राजनाीतिक संगठनले अग्रता लिएपछि सत्तारुढ गठबन्धनलाई जिताउन बेइमानी गर्न खोजेको उनको आरोप छ ।

निर्वाचन समितिका संजय कुमार यादवले मतगणना भइरहेको स्थलामा होहल्ला अत्यधिक भइरहेकाले गणनामा समस्या भइरहेको प्रतिकृया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]