१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

‘इन्जिनियरको चुनावमा धाँधली गर्न खोजियो’

Logo
प्रकाशित सोमबार, फाल्गुण ३०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० फागुन। । नेपाल इन्जिनियर्स एशोसिएशनको जनकपुरधाममा जारी मतगणनामा निर्वाचन समितिले धाँधली गर्न खोजेको आरोप लागेको छ ।

एशोसिएशनको मधेश प्रदेश अध्यक्ष पदका लागि उम्मेदबारी दिएका इन्जिनियर गौरी पण्डितले धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उनले बाकसबाट झिकेर राखिएको मतपत्र गिन्ती हेराफेरी गर्न खोजेको बताए ।

गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालबाट प्रदेश अध्यक्ष पदमा उम्मेदबारी दिएका उनले प्रदेशको हरेक पदमा आफूहरुले अग्रता लिएपछि धाँधली गरेर सत्ता पक्षलाई जिताउन खोजेको बताए ।

पण्डितले शुक्रबार रातिदेखि मतगणना भइरहेपनि १ हजार मतपत्र गन्न नसकिएको बताए । गैर राजनाीतिक संगठनले अग्रता लिएपछि सत्तारुढ गठबन्धनलाई जिताउन बेइमानी गर्न खोजेको उनको आरोप छ ।

निर्वाचन समितिका संजय कुमार यादवले मतगणना भइरहेको स्थलामा होहल्ला अत्यधिक भइरहेकाले गणनामा समस्या भइरहेको प्रतिकृया दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]