१० भाद्र २०८२, बुधबार
27-08-2025 , Wed
×

जसपा नेपाल औरहीमा पहीरो , धमाधम पार्टी छाड्दै नेताहरु

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८

सिरहा : सिरहाको औरही गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) मा पहिरो लागेको छ। जसपा नेपाल औरही गाउँपालिकाबाट एक पछि अर्को नेताहरुले पार्टी छाडन थाकेला छन। तत्कालीन संघीय समाजवादी पार्टी औरही बाट वडा न.५ मा वडा अध्यक्षका प्रत्यासी एबम बर्तमन जसपाका प्रभावशाली नेता नवल किशोर यादवले आज बिधिवत रुपमा प्रेस विज्ञपति जारी गर्दै पार्टी बाट राजिनामा दिएको घोषणा गरेका छन। नेता यादवले पार्टीमा भ्रष्टाचारी, दुराचारी , अन्तरघाती , चापलुसी र पैसा बलाहरुको बोलबाला रहेकोले आफुलाई यो पार्टीमा रहन औचित्य नभएको बताएका छन।

यस अघि जनता समाजबादी पार्टीकै अर्का प्रभावशाली नेता रामअशिष यादवले पनि पार्टीबाट आफुलाई टिकट नदिई अर्कै पैसा बला नेतालाई चुनाब लडनका लागि प्रबेश गराएको भन्दै आफु स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेको छ। नेता यादव पनि जसपाका दिग्गज नेता थिए।

यसरी हेर्दा सिरहाको औरहीमा जसपा विलय हुने अवस्थामा पुगेको आकलन हुन थालेको छ। चुनाबी रणनीतिलाई हेर्दा औरहीको राजनीतिमा त्रिपक्षिय प्रतिस्पर्धा हुने संकेत देखिएको छ। यस अघि माओवादी , जसपा र काङ्ग्रेसले चुनावी प्रतिस्पर्धा गरेकोमा यस पटक भने डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आफमनले खैलाबैला मचिरहेको देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]