
सिरहा: सिरहाको औरही गाउँपालिकामा पर्ने गागन नदी पुल नजिकै बाट एक जना स्थानीयको मोटरसाइकल लुटिएको छ। औरही गापा वार्ड न.१ दरहिया निवासी लालबहादुर यादवको स.६ प – ७ नम्बरको अपाचे गाडी हिजो राती आठ बजे ५ जनाको हथियार धारी समुहले लुटेको जनाइएको छ।
साझ सात बजे घरबाट नजिकै रहेको आफन्त कहाँ जान लागेको यादवलाई बिच बाटोमै रोकेर गाडी लुटेपछी स्थानीय त्रसीत बनेको छ। लुटिएको ठाउँबाट तीन सय मिटरको दुरीमा मात्र प्रहरी चौकी रहेपनी प्रहरी बेखवर छन् । यसरी साझ नै बजार नजिकै बाट लुटपाट हुनु एक दमै दु:खद रहेको भन्दै स्थानीय रबिन यादवले यसमा स्थानीय सरकार तथा प्रहरीको लापरबाही रहेको आरोप लगाए। तस्करहरुबाट पैसा वसुलनकै लागी बोर्डर ओहरदोहर गर्ने प्रहरी भने जनताको सेवा सुरक्षामा उदासीन छ। यसता घटना नदोहरिन सजग बन्नु पर्ने वहाको भनाइ छ।