१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

महोत्तरीको बाढी प्रभावित क्षेत्रमा प्राविधिक टोलि सहित मुख्यमन्त्री राउतद्वारा निरीक्षण

Logo
प्रकाशित मंगलबार, साउन ०७, २०७६

जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ ।

प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ ।

महोत्तरी भएर बग्ने रातु खोला, जंग्हा र औक्सी नदीका कारण महोत्तरीको अधिकांश भूभागमा कटान र डुवानले अरबौ रुपैया बराबरको क्षति भएको छ । जिल्लाको स्थलगत निरीक्षण पछी जलेश्वरमा संचारकर्मीहरु संग कुरा गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश भरिमै बाढी बाट सबै भन्दा बढी क्षति महोत्तरी जिल्लामा भएको बताउनु भयो ।

उहाँले जनजिवन सामान्य बनाउन तथा बाढी पिडितहरुलाई खाद्यान्न,स्वास्थ्य तथा अन्य विभिन्न किसिमका राहतकार्यमा लाग्न सम्बन्धित पक्षहरु संग आग्रह समेत गर्नु भयो । मूख्यमन्त्री राउतले बाढी बाट भएको क्षतिको भर्पाइ गर्ने क्षमता प्रदेश सरकार संग नभए पनि राहतमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ । बाढी बाट भएको क्षतिको एकीन विवरण संकलनको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नु हुँदै उहाँले विस्थापित भएकाहरुको पुर्नवास र क्षतिग्रस्त क्षेत्रको पुनर्निमाणको लागी प्रधानमन्त्री संग भेटेर दुई दिन भित्रै छलफल गरिने समेत बताउनु भयो ।

निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा,मुख्यमन्त्री कार्यालयको राहत वितरण टोली र प्राविधिक टोली, समाजवादी पाटी महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, सहित स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]