२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

पूर्व अफगानी अर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँछन्

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,६ चैत्र । गत अगस्टमा अफगानिस्तान तालिवानको हातमा पर्नुभन्दा ठिक अघिल्लो दिन, अफगान राष्ट्रपति असरफ घानीलाई संयुक्त अरब इमिरेट्समा स्वागत गरिएको थियो । उनलाई आफ्नो देशको कोषबाट १६ करोड ९० लाख डलर लिएको आरोप लागेको थियो ।

त्यसको छ महिना पछि, घानीको शासनकालमा अर्थमन्त्री भएका खालिद पेएन्डा, वासिंटन डिसीमा उबर चलाइरहेका छन् ।

‘यदि मैले अर्को दुई दिनमा ५० वटा यात्राहरू पूरा गरें भने, मैले ९५ डलर बोनस पाउँछु,’ पेएन्डालाई उधृत गर्दै वाशिंगटन पोस्टले लेखेको छ । ४० वर्षीय उनले एकपटक अमेरिकी समर्थनमा ६ अर्ब डलरको बजेटको निरीक्षण गरेका थिए । उनले एक रातमा धेरै कमाई गरेको दिन १५० डलरसम्म कमाउँछन् ।

उनले आफ्नो परिवारलाई सहयोग गर्न सक्षम भएकोमा कृतज्ञ व्यक्ति गर्छन, ‘अहिले, मसँग कुनै ठाउँ छैन । म यहाँको हैन र म त्यहाँ पनि छैन । यो एकदमै खाली भावना हो ।’

तालिबानले सत्ता कब्जा गरेर अमेरिका समर्थित शासन प्रतिस्थापित गरेपछि अफगानिस्तानले मानवीय र आर्थिक संकटको सामना गरिरहेको छ, त्यहाँका नेताहरुको सम्पत्ति रोक्का गरिएको छ र अन्तर्राष्ट्रिय सहायता कटौती गरिएको छ । जसका कारण आधारभूत आवश्यकता पनि पुरा गर्न नसक्ने स्थिति अफगानिस्तानको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]