१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

मोरङको लेटाङ झडपमा घाइते महिला प्रहरीको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,७ चैत्र। शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा एक महिला प्रहरी जवानको हत्या भएको छ ।

प्रर्दशनकारीको आक्रमणमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिला श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ ।

विवादमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको र प्रहरीले भीड नियन्त्रणका लागि गोली समेत चलाएको थियो । लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ६ मा पढ्ने १२ वर्षीय बालिकालाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए ।

स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले प्रहरीमाथि आक्रमण गरेको थियो । सो आक्रमणका कारण महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको थियो । होली पर्वको दिन स्थानीय शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]