२६ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

सप्तरीमा जनमत माटी यात्रा (फोटोफिचर)

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८

राजविराज । जनमत पार्टीले सप्तरीमा माटी यात्रा आइतवारदेखी शुभारम्भ गरेका छन् । विष्णुपुर गाउँपालिकाको वडा नम्बर ६ बाट सञ्चालन गरिएको यात्रामा विभिन्न वडामा स्थानियहरुसगँ भेटघाट गर्दै पार्टीका अध्यक्ष डा. सि. के राउतले सोही गाउँपालिकाका वडा नम्बर २ सिम्राहामा माटो लिएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिए । उनका अनुसार जिल्लाको बोरीया, गोरगामा, कट्टी, विष्णुपुर, मझौउ, कन्कट्टा, मलेकपुर, बेल्हा, पत्थरगाडा, पिपरा, जमुवा, नर्घो, झौहरा चौकसहितका स्थानियहरुसगँ भेटघाट गर्दै डा. राउतले विभिन्न स्थलहरुको अवलोकन समेत गरे । । डा. राउत टोलमा पुग्दा स्थानियहरु एकदमै उत्साहीत देखियो ।

विष्णुपुर, राजगढ गाउँपालिकामा यात्रा सम्पन्न भईसकेको र आजको (सोमवार) यात्रा हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत र महदेवा गाउँपालिकामा हुने जनाइएको छ । माटी यात्रामा पार्टीका केन्द्रीय कोषाध्यक्ष ई सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलगायतका जिल्ला तथा विभिन्न स्थानिय तहबाटसमेत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सोही क्रममा विष्णुपुर गाउँपालिका ७ मा वडा कार्यालयको उद्घाटन समेत गरियो ।







कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]