१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

सप्तरीमा जनमत माटी यात्रा (फोटोफिचर)

Logo
प्रकाशित सोमबार, चैत्र ०७, २०७८

राजविराज । जनमत पार्टीले सप्तरीमा माटी यात्रा आइतवारदेखी शुभारम्भ गरेका छन् । विष्णुपुर गाउँपालिकाको वडा नम्बर ६ बाट सञ्चालन गरिएको यात्रामा विभिन्न वडामा स्थानियहरुसगँ भेटघाट गर्दै पार्टीका अध्यक्ष डा. सि. के राउतले सोही गाउँपालिकाका वडा नम्बर २ सिम्राहामा माटो लिएको पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले जानकारी दिए । उनका अनुसार जिल्लाको बोरीया, गोरगामा, कट्टी, विष्णुपुर, मझौउ, कन्कट्टा, मलेकपुर, बेल्हा, पत्थरगाडा, पिपरा, जमुवा, नर्घो, झौहरा चौकसहितका स्थानियहरुसगँ भेटघाट गर्दै डा. राउतले विभिन्न स्थलहरुको अवलोकन समेत गरे । । डा. राउत टोलमा पुग्दा स्थानियहरु एकदमै उत्साहीत देखियो ।

विष्णुपुर, राजगढ गाउँपालिकामा यात्रा सम्पन्न भईसकेको र आजको (सोमवार) यात्रा हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत र महदेवा गाउँपालिकामा हुने जनाइएको छ । माटी यात्रामा पार्टीका केन्द्रीय कोषाध्यक्ष ई सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलगायतका जिल्ला तथा विभिन्न स्थानिय तहबाटसमेत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सोही क्रममा विष्णुपुर गाउँपालिका ७ मा वडा कार्यालयको उद्घाटन समेत गरियो ।







कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]