१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

माओवादीलाई हैसियत अनुसार भाग चाहिन्छ : प्रचण्ड

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ चैत्र।सत्तारुढ गठबन्धनका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै मन्त्रिपरिषद्मा हेरफेर हुने तयारी भइरहेको बताएका छन् ।

उनले जनकपुरधामको विमान स्थलमा संचारकर्मीहरु संग कुरा गर्दै मन्त्रिपरषद्मा हेरफेर र पूर्णता दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभयो ।

मधेस प्रदेशमा मंगलबार(आज) आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले भने, ’मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ । औपचारिक रूपमा कुरा टुंगिएको छैन । केही हेरफेर हुने कुरा भएको छ । नयाँ मन्त्री आउने सम्भावना छ ।’

मन्त्रिपरिषद्मा हेरफेर हुँदा पार्टीलाई हैसियतअनुसारको हिस्सा दिनका लागि प्रधानमन्त्रीलाई भनेको पनि प्रचण्डले बताए । उनले पार्टीले गठबन्धन बचाउनका लागि माओवादीले त्याग गरेको पनि बताए ।

प्रचण्डले गठबन्धनका लागि त्याग गर्ने काम माओवादीले मात्रै गरेको पनि बताए । ‘मन्त्रिपरिषद्मा हेरफपेर हुने स्थिति आयो भने हैसियतअनुसार मन्त्रालय चाहिन्छ भनेका छौं,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]