१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

शहीदनगर नगरपालिका : आफू निकटका शिक्षकलाई तलव खुवाउँदै अरुलाई आन्दोलन गर्न बाध्य बनाउँदै

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि ध्यान नदिँदा उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् ।

विद्यालय कर्मचारी (लेखापाल) को संघीय सरकारले रु १३ हजार ५ सय, बालविकास सहजकर्ताको रु ८ हजार र कार्यालय सहयोगीलाई रु ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन संघीय सरकारले अध्यादेशबाट बजेट पारित गरेको थियो ।

पारित भइसकेको बजेट पनि दिन आलटाल गरेकाले आफूहरुलाई आन्दोलनमा उत्रनुपरेको महतोले बताइन्। बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]