१० जेठ २०८२, शनिबार
24-05-2025 , Sat
×

आफ्नै साहुसंग ५० लाख फिरौती असुल्न कामदारको अपहरणको नाटक

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

न्यूजमधेश डेस्क
दाङ ,९ चैत्र। अपहरणमा परेको नाटक गरि आफ्नै साहुसँग ५० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका हरीप्रसाद रिजालको ड्राईगन फ्रुट कृषि फर्ममा लामो समयदेखि काम गर्दै आएका २४ वर्षीय जनक देवकोटालाई प्रहरीले लमही नगरपालिका ९ अमेलिया जंगलबाट नियन्त्रणमा लिई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

देवकोटाले फर्म सञ्चालक रिजाललाई डर, त्रास र धम्की दिई ५० लाख रुपैयाँ फिरौती मागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । देवकोटाले रिजालको घर व्यवहार, ब्यक्तिगत सम्बन्धसहित आर्थिक हैसियतका बारेमा सबै बुझेकाले सजिलैसँग पैसा कमाउने सोचले उक्त घटनाको योजना बनाएको प्रहरी प्रमुख एसपी काफ्लेले बताए । उनले पैसा कमाएर मात्र नहुने भन्दै आफुसंगै रहेका ब्यक्तिको अत्यधिक बिश्वासले गर्दा यो घटना घटेको वताए । रिजालको तुलसीपुरसहित बिभिन्न ठाउँमा कलेज, अस्पतालमा ठुलो लगानी छ ।

आफु अपहरणमा परेको नाटक गरि मध्यरातमा म्यासेज मार्फत ५० लाख रुपैयाँ नदिए देवकोटाले रिजालले ज्यान मार्ने धम्की दिएको प्रहरीको दाबी छ । फागुन २७ गते फर्ममा प्लाष्टिकको पाईपमा कालो टेपले बेरेर बम जस्तो शंकास्पद बस्तु राखेर अभियुक्त देबकोटाले डर, त्रास देखाएको प्रहरीले जनाएको छ । सकेट बम बनाउन प्रयोग हुने सामग्रिसहित्को बस्तुलाई नेपाली सेनाले डिष्पोज गरेको थियो । त्यसपछि ३० गते फर्म सञ्चालक रिजाल आबद्ध रहेको जनता समाजबादी पार्टी र आफै स्वंयले अमेरिकी सहयोग सम्झौता एमसीसीको पक्षमा रहेको भन्दै धम्कीपूर्ण भाषामा गुगलबाट ट्रान्सलेट गरेको प्रिन्ट गरेर नो एमसीसी लेखेको पत्र राखेका थिए । त्यस लगत्तै चैत्र ६ गते देवकोटा अटोमा चढेर तुलसीपुर बजारमा रहेको बैंकमा जान्छु भनि निस्कीएको र त्यहाँबाट बैंकमा गई उनी नेपालगञ्ज गएका थिए ।

फिरौती माग्न उनले अपहरणको नाटक गर्दै बेलुका घरमा श्रीमती पवित्रा देवकोटालाई ‘तपाईको बुढो हामी सँग सुरक्षित छ, हामी एउटै पार्टीका रहेछौ हजुर,आफु सुरक्षित ठाउँमा जानु होस, हामी हजुरको बुढोलाई केही गर्दैनौ, हामीले हरिप्रसाद रिजालसँग बदला लिनु छ’, मोवाईलमा म्यासेज लेखेर एकाएक बेपत्ता भई सम्पर्क विहीन भएका थिए । बेपत्ता भएको सुचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याल र वडा प्रहरी कार्यालय घोराहीको टोली उद्धार र असन्धानमा खटेको थियो ।

देवकोटा बिरुद्ध झुठा अफबाह फैलाउन नहुने कसुरमा मुलुकी फैजदारी संहिता २०७४ को परिच्छेद ३ को दफा ७० (झुठा अफबाह फैलाउने) र सोही ऐनको परिच्छेद ७ को दफा १४० बमोजिम कृत्रिम बिष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसुरमा सजाय अन्तरगत मुद्धा चल्ने एसपि काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]