०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नक्कली लाइसेन्स बनाउने २ जना युवक पक्राउ

Logo
प्रकाशित बुधबार, साउन ०८, २०७६

जनकपुरधाम । प्रहरीले नक्कली सवारी चालक अनुमितपत्र (लाइसेन्स) बनाउने २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ बस्ने ३४ वर्षीय अलिअकवर मंसुर ,औरही गाउपालिका वाड नं.६ बस्ने २४ वर्षीय सब्जान मंसुरलाई ईलाका प्रहरी कार्यलय औरहीले गोप्य सुचनाको आधारमा मंगलबार दिउँसो ४ बजे बलगंगा चौकबाट पक्राउ गरेका हुन

उनिहरुले काठमाडौंबाट नक्कली सवारी चालक अनुमति पत्र बनाएर गाउँ घरका केटा मानिसहरुसंग पैसा लिई वितरण गरिरहेका हुन।प्रहरीले उनीहरुको साथबाट यातायत व्यवस्था विभागको ५ /५ थान नक्कली सवारी अनुमति पत्र ( लाइसेन्स ) बरामद भएको छ।

नियन्त्रणमा लिएको दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र सरकारी छाप दस्तखत किर्ते कसुरमा मुद्दा दर्ता गरी धनुषा जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]