१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

किसानलाई राहत चीनबाट भत्रियाे २३२ मेट्रिक टन रासायनिक मल

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

न्यूजमधेश डेस्क
काठमाडाैं,१० चैत्र । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो ।

शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताउनुभयो ।

बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]