१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

नारायणहिटी दरबारको २७ वर्षपछि रङरोगन र मर्मत

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१० चैत्र । राजपरिवारको वंश विनासपछि संग्रहालयमा अनुवाद भएको नारायणहिटी दरबारको २७ वर्षपछि रंगरोगन र मर्मत सम्भार भएको छ ।

अधिराजकुमारी श्रुति शाहको विवाह यता दरबारको कुनै मर्मत सम्भार नभएकोमा अहिले भने सजावट र मर्मतमा ध्यान दिन थालिएको हो । कोभिडको संक्रमण घटेसँगै आन्तरिक पर्यटकको आकर्षण बन्दै आएको दरबार संग्रहालयमा त्यसको ऐना देखिन्छ ।संग्रहालयको महत्वपूर्ण कास्की बैठकमा राखिएको कार्पेट र कुर्सीले बल्ल मुहार फेर्न मौका पाएको छ । संग्रहालयमा भएका बहुमूल्य र ऐतिहासिक सामग्री राजा महाराजा विदेश भ्रमण जाँदा उपहार प्राप्त हुन् ।

त्यतिमात्र कहाँ हो र ? संग्रहालयको मुख्य आकर्षक कक्ष गोरखा राजा महाराजाको विशेष समारोह र संबोधन यही कक्षबाट हुन्थ्यो । राजा वीरेन्द्रले नेपालको संविधान २०४७ यहीँबाट घोषणा गर्नुभएको थियो । यो कक्ष अहिले चिटिक्क पारिएको छ ।

राणा प्रधानमन्त्री वीरशमशेरले आफू र आफना सन्ततिका लागि बनाएको दरबार राणापछि शाह राजाले आफ्नो दरबार बनाएका थिए । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले यहीँबाट मुलुकको शासन सम्हाले ।

राजा महेन्द्रको परिकल्पनाअनुसार अमेरिकाबाट प्राविधिक झिकाइ २०२६ सालमा यस स्वरूपको दरबार बनेको हो । कोरोना र बजेट अभावका कारण मर्मत सम्भार नहँुदा असरल्ल अवस्थामा रहेको संरचनालाई त्यसको ऐतिहासिक स्वरुप बिग्रन नदिन तयारी थालिएको हो ।

त्यसो त कोरानाका कारण अस्तब्यस्त बनेको जनजीवन सामान्य बन्दै गएपछि संग्रहालय घुम्न आउने पर्यटकको संख्या बाक्लिएको हो । स्वदेशी विदेशी गरी हाल १ हजारको हाराहारीमा पर्यटक आउने गरेका छन् । जसको दैनिक आम्दानी सरदर १ लाख ५० हजार रहेको छ ।

जे होस् नारायणहिटी दरबार एउटा भवन मात्र नभएर साढे दुई शताब्दी धानेको शासनप्रणालीको साक्षी हो । त्यसैले यसलाई इतिहासको नासोका रूपमा संरक्षण गर्न जरुरी छ ताकि राजनीतिक गतिविधिको तारो बनाउने गल्ती अब नदोहोरियोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]