१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

मधेसमा म्यादी प्रहरी बन्न मरिहत्ते

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,११ चैत्र । मधेसको टन्टलापुर घाममा बिहानैदेखि पसिना बगाएर सयौं युवा जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि लामबद्ध छन्। प्रहरी कार्यालयसँगैको तिरहुतिया गाछि मैदानमा उक्त भिडियो हेर्दा यस्तो लाग्छ, त्यहाँ कुनै ठूलो मेला लागेको छ।

लाइन बस्दा पटक–पटक झगडा, गालीगलौंच र धक्कामुक्की हुनु सामान्य जस्तै भएको छ। प्रहरी कर्मचारीबाट बेला–बेलामा लाठी र झापड पनि बर्सिन्छ। तर, यी युवा आफ्नो ठाउँबाट टसमस हुँदैनन्। यति धेरै परिश्रम र दुःख हो, म्यादी प्रहरी बन्न।

अहिले मधेस प्रदेशका हजारौं बेरोजगार युवाहरू म्यादी बन्न तँछाडमछाड गरिरहेका छन्। आफ्नै घर आँगनमा सरकार भए पनि रोजगारीको अवसर सिर्जना हुन नसक्दा बेरोजगार युवाहरू म्यादी बन्ने अवसर आउने बित्तिकै हुरुक्क भएका छन्। तर, उनीहरूका लागि यो अवसर पनि सोचेजस्तो सजिलो भने छैन।

१९ वर्षीय राकेश दास पछिल्लो २ दिनदेखि गाउँबाट जनकपुर धाइरहेका छन्। कक्षा १२ पास गरिसकेका दासलाई परिवारबाट पैसा कमाउन निकै दबाब दिएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया—३ का दास मंगलबार बिहान १० बजेदेखि लाइनमा बसेर दिउँसो ३ बजे मात्रै आवेदन भर्न पाए। बुधबार प्रवेशपत्र लिन आएका दास निकै अव्यवस्थित भीडभाड र प्रहरीको कुटाइबाट आजित भएर एउटा कुनामा बसेको अवस्थामा भेटिए।

‘थोर बहुत आम्दानी हुन्छ भनेर फाराम भर्न आएको तर यति धेरै भीड र तनाव रैछ। बेकार आए जस्तो लाग्यो,’ दास निराश हुँदै भने, ‘घरबाट सबैले ‘काम गर, पैसा कमा’ भनेर तनाव दिन्छन् । यहाँ आउँदा प्रहरीको कुटाइ खानु परेको छ।’ पासै होइन्छ भन्ने आश खासै छैन्, उनी दुखेसो पोख्छन्।

तुल्सीयाहीका २२ वर्षीय शशीकुमार महतो पनि म्यादी बने होडमा छन्। ‘बेरोजगार छु। गाउँघरमा काम पाइँदैन। साथीभाइहरूले ‘१ महिनामै ३०÷३५ हजार रुपैयाँ आउँछ’ भनेर सुनाए। अनि म्यादीको फारम भर्न आएँ,’ महतोले भने, ‘यहाँ त निकै गाह्रो रहेछ। हिजो फाराम लिनै समस्या भयो। प्रहरीले बेला–बेला हात छाड्छ न कुनै लाइन छ न व्यवस्था।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]