२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

मधेसमा म्यादी प्रहरी बन्न मरिहत्ते

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,११ चैत्र । मधेसको टन्टलापुर घाममा बिहानैदेखि पसिना बगाएर सयौं युवा जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि लामबद्ध छन्। प्रहरी कार्यालयसँगैको तिरहुतिया गाछि मैदानमा उक्त भिडियो हेर्दा यस्तो लाग्छ, त्यहाँ कुनै ठूलो मेला लागेको छ।

लाइन बस्दा पटक–पटक झगडा, गालीगलौंच र धक्कामुक्की हुनु सामान्य जस्तै भएको छ। प्रहरी कर्मचारीबाट बेला–बेलामा लाठी र झापड पनि बर्सिन्छ। तर, यी युवा आफ्नो ठाउँबाट टसमस हुँदैनन्। यति धेरै परिश्रम र दुःख हो, म्यादी प्रहरी बन्न।

अहिले मधेस प्रदेशका हजारौं बेरोजगार युवाहरू म्यादी बन्न तँछाडमछाड गरिरहेका छन्। आफ्नै घर आँगनमा सरकार भए पनि रोजगारीको अवसर सिर्जना हुन नसक्दा बेरोजगार युवाहरू म्यादी बन्ने अवसर आउने बित्तिकै हुरुक्क भएका छन्। तर, उनीहरूका लागि यो अवसर पनि सोचेजस्तो सजिलो भने छैन।

१९ वर्षीय राकेश दास पछिल्लो २ दिनदेखि गाउँबाट जनकपुर धाइरहेका छन्। कक्षा १२ पास गरिसकेका दासलाई परिवारबाट पैसा कमाउन निकै दबाब दिएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया—३ का दास मंगलबार बिहान १० बजेदेखि लाइनमा बसेर दिउँसो ३ बजे मात्रै आवेदन भर्न पाए। बुधबार प्रवेशपत्र लिन आएका दास निकै अव्यवस्थित भीडभाड र प्रहरीको कुटाइबाट आजित भएर एउटा कुनामा बसेको अवस्थामा भेटिए।

‘थोर बहुत आम्दानी हुन्छ भनेर फाराम भर्न आएको तर यति धेरै भीड र तनाव रैछ। बेकार आए जस्तो लाग्यो,’ दास निराश हुँदै भने, ‘घरबाट सबैले ‘काम गर, पैसा कमा’ भनेर तनाव दिन्छन् । यहाँ आउँदा प्रहरीको कुटाइ खानु परेको छ।’ पासै होइन्छ भन्ने आश खासै छैन्, उनी दुखेसो पोख्छन्।

तुल्सीयाहीका २२ वर्षीय शशीकुमार महतो पनि म्यादी बने होडमा छन्। ‘बेरोजगार छु। गाउँघरमा काम पाइँदैन। साथीभाइहरूले ‘१ महिनामै ३०÷३५ हजार रुपैयाँ आउँछ’ भनेर सुनाए। अनि म्यादीको फारम भर्न आएँ,’ महतोले भने, ‘यहाँ त निकै गाह्रो रहेछ। हिजो फाराम लिनै समस्या भयो। प्रहरीले बेला–बेला हात छाड्छ न कुनै लाइन छ न व्यवस्था।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]