२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

शिक्षकहरु तलबभत्तामा लापरवाही गरेको भन्दै नगर शिक्षा सँयोजक धनेश्वरलाई पदबाट हटाए

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ चैत्र। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले नगरशिक्षा शाखाको संयोजक धनेश्वर यादवलाई पद मुक्त गरेका छ्न।

नगरभित्र रहेको समुदायिक विद्यालयका कर्मचारीहरुको तलब भत्तामा झेल गरेको भन्दै नगर शिक्षा सँयोजक (प्रमुख) धनेश्वर यादवलाई पदबाट हटाएका छन् ।

मेयर बरबरियाले नगर शिक्षा सँयोजकको भूमिका र जिम्मेवारी ईमान्दारी पूर्वक निभाउन नसकेको भन्दै सँयोजकको पदबाट यादवलाई आजैदेखि हटाएको जानकारी दिएका छन् ।

समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता आँशिक रुपमा पठाएको भन्दै बालविकाशका शिक्षिकाहरु, कर्मचारीहरुले तलब भत्ताको माग गर्दै नगरपालिका अगाडी धर्ना दिएको थियो ।

बुधबार दिएको धर्नापछि मेयर बरबरियाले समस्या बुझदै शिक्षक शिक्षिकाहरुको तलब विहिबार नै उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका थिए । तर, शिक्षा सँयोजक यादवले कार्यालयको ल्यापटपसमेत आफूसँगै लगेर सम्पर्क विहिन भएपछि मेयर बरबरिया उनलाई पदबाट हताएको हो।

सँयोजकको जिम्मेवारी सम्हालेका धनेश्वर यादवको मोबाईलमा फोन नलाग्दा उनलाई १५ मिनेटको भित्रै एक पत्र लेखेर पदबाट हटाईएको जानकारी दिए । शिक्षा सँयोजक यादवले विहिबार नै तलबभत्ता दिने सहमति गरेपनि उनी सम्पर्कभन्दा बाहिर गएपछि उनलाइ शुक्रबार दिउँसै मेयर बरबरियाले चिठ्ठी काटदै पद मुक्त गरेको जानकारी दिएका हुन।

शहिदनगर नगरपालिकामा शिक्षाको श्रोत व्यक्ति समेत रहेका धनेश्वर यादवलाई मेयर बरबरियाले कारवाही गर्दै उनलाई साबिककै ठाउँमा काज फिर्ता पठादिएका छन् ।

धनेश्वर यादवको दरबन्दी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित रहेको मावि कुम्हरौडामा रहेको छ । उनलाई पुनः सोही विद्यालयमा शिक्षकको रुपमा पठाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]