२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

शिक्षकहरु तलबभत्तामा लापरवाही गरेको भन्दै नगर शिक्षा सँयोजक धनेश्वरलाई पदबाट हटाए

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,११ चैत्र। धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले नगरशिक्षा शाखाको संयोजक धनेश्वर यादवलाई पद मुक्त गरेका छ्न।

नगरभित्र रहेको समुदायिक विद्यालयका कर्मचारीहरुको तलब भत्तामा झेल गरेको भन्दै नगर शिक्षा सँयोजक (प्रमुख) धनेश्वर यादवलाई पदबाट हटाएका छन् ।

मेयर बरबरियाले नगर शिक्षा सँयोजकको भूमिका र जिम्मेवारी ईमान्दारी पूर्वक निभाउन नसकेको भन्दै सँयोजकको पदबाट यादवलाई आजैदेखि हटाएको जानकारी दिएका छन् ।

समुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब भत्ता आँशिक रुपमा पठाएको भन्दै बालविकाशका शिक्षिकाहरु, कर्मचारीहरुले तलब भत्ताको माग गर्दै नगरपालिका अगाडी धर्ना दिएको थियो ।

बुधबार दिएको धर्नापछि मेयर बरबरियाले समस्या बुझदै शिक्षक शिक्षिकाहरुको तलब विहिबार नै उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका थिए । तर, शिक्षा सँयोजक यादवले कार्यालयको ल्यापटपसमेत आफूसँगै लगेर सम्पर्क विहिन भएपछि मेयर बरबरिया उनलाई पदबाट हताएको हो।

सँयोजकको जिम्मेवारी सम्हालेका धनेश्वर यादवको मोबाईलमा फोन नलाग्दा उनलाई १५ मिनेटको भित्रै एक पत्र लेखेर पदबाट हटाईएको जानकारी दिए । शिक्षा सँयोजक यादवले विहिबार नै तलबभत्ता दिने सहमति गरेपनि उनी सम्पर्कभन्दा बाहिर गएपछि उनलाइ शुक्रबार दिउँसै मेयर बरबरियाले चिठ्ठी काटदै पद मुक्त गरेको जानकारी दिएका हुन।

शहिदनगर नगरपालिकामा शिक्षाको श्रोत व्यक्ति समेत रहेका धनेश्वर यादवलाई मेयर बरबरियाले कारवाही गर्दै उनलाई साबिककै ठाउँमा काज फिर्ता पठादिएका छन् ।

धनेश्वर यादवको दरबन्दी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित रहेको मावि कुम्हरौडामा रहेको छ । उनलाई पुनः सोही विद्यालयमा शिक्षकको रुपमा पठाइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]