०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

धनुषाको तिनकौरियामा सन्ता पान पसलमा आगजनी,लाखौंको क्षती

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ चैत्र। धनुषाको जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा रहेको किराना पसलमा आगजानीबाट लाखौंको क्षती भएको छ।

गएराती साढे ११ बजे सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा अज्ञात समुहले आगजनी गरेको स्थानीयहरुले बताउछन् ।

आगोबाट सम्पूर्ण पसल नै जलेर नष्ट भएको छ । पसल भित्र रहेको किराना, कपडा लगायतको सरसमान जलेर १० लाख बढीको क्षति भएको संचालक संतोष कुमार मण्डलले बताए ।

त्यहाँबाट करिब ५० मिटरकै दुरीमा प्रहरीचोकी तिनकौरिया रहेको छ । प्रहरी बजारमा डिउटी नबस्दा कसैले आगो लगाइदिएको हुन सक्ने स्थानीयको भनाइ छ । सो पसल तिनकौरिया चोकमा २० वर्षदेखि संचालनमा रहेको थियो ।

यता तिनकौरिया प्रहरी चोकीका सई आशनारायण गिरीले २४ घण्टा चोकमा प्रहरीको डिउटी हुने गरेको दावी गरेका छन् ।

उनले घटना विषयमा थप अनुसन्धान गरिरहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]