२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

लेनदेन मुद्दामा जसपाका युवा नेता नवीन यादव पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद सदस्य नवीन यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

नेता यादवलाई लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतको आदेशमा प्रहरीले तीन दिन अघि नै नियन्त्रणमा लिएको हो ।

एक वर्ष कैद वा ५ लाख रुपैयाँ बिगो सहितको माग गर्दै धनुषा जिल्ला अदालतमा परेकाे मुद्दामा अदालत पक्राउ पुर्जी जारी गरेपछि नेता यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका ।

उनले भने अदालतमा हाजिर गरिसकेपछि थप अनुसन्धानका लागि म्याद थप गरी तीन दिनदेखि उनलाई हिरासतमै राखिएकाे छ । अनुसन्धान नसकेसम्म म्याद थप थरी हिरासतमै राखिनेछ ।

अदालतले कैद सजायकाे आदेश वा विगो सहितको रकम नतिरेमा यादव जेल चलान समेत हुन सक्ने डीएसपी बस्नेतले बताए ।

यादवलाई यसअघि पनि जनकपुरधामको एक क्याफेमा महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जनकपुरधामको शिवचोकस्थित जेएफसि क्याफेमा २०७७ साउन १० गते राति खाजा खाने क्रममा दुई महिलालाई यादवले जिस्क्याउदैँ दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो । पछि धराैटी बुझाएर रिहा भएकाे थियाे ।- लोकपुकार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]