२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

त्रास एक खौफको ६० प्रतिशत छायांकन सम्पन्न

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

राजविराज । मैथिली र भोजपुरी भाषामा निर्माण हुन लागेको कथानक चलचित्र ‘त्रास एक खौफ’ को ६० प्रतिशत छायांकन सम्पन्न भएको छ । शर्मा क्रिएसन रेकर्डिङ स्टुडियोले निर्माण गर्न लागेको ‘त्रास एक खौफ’ चलचित्रको टिजर समेत सार्वजनिक गरिएको छ । सप्तरी जिल्लाको विभिन्न ठाउँमा छायांकन गरेको सो चलचित्रको सन् २०२२ भित्रै रिलीज गर्ने क्रिएसनका सञ्चालक तेजनारायण शर्मा (चुनु) ले जानकारी दिए ।

उनका अनुसार चलचित्रको लेखक तथा निर्देशक निराजन मेहता ‘मञ्जित’ हुन् । फिल्मको निर्माता भने रामजानकी रहेको डाइरेक्टर अफ फोटोग्राफी समेत रहेका क्रिएसनका सञ्चालक शर्माले बताए ।
उक्त चलचित्रमा आयाज खान, निराजन मेहता, ध्रुव कोइराला, सुभाष साह, प्रसानत केसी, सुषमीता, प्रतिक्षा, शोभा र जीवछ दासलगायतका अभिनय रहने जनाइएको छ ।
https://www.youtube.com/watch?v=0Eu_FVFn3vc

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]