
राजविराज । मैथिली र भोजपुरी भाषामा निर्माण हुन लागेको कथानक चलचित्र ‘त्रास एक खौफ’ को ६० प्रतिशत छायांकन सम्पन्न भएको छ । शर्मा क्रिएसन रेकर्डिङ स्टुडियोले निर्माण गर्न लागेको ‘त्रास एक खौफ’ चलचित्रको टिजर समेत सार्वजनिक गरिएको छ । सप्तरी जिल्लाको विभिन्न ठाउँमा छायांकन गरेको सो चलचित्रको सन् २०२२ भित्रै रिलीज गर्ने क्रिएसनका सञ्चालक तेजनारायण शर्मा (चुनु) ले जानकारी दिए ।
उनका अनुसार चलचित्रको लेखक तथा निर्देशक निराजन मेहता ‘मञ्जित’ हुन् । फिल्मको निर्माता भने रामजानकी रहेको डाइरेक्टर अफ फोटोग्राफी समेत रहेका क्रिएसनका सञ्चालक शर्माले बताए ।
उक्त चलचित्रमा आयाज खान, निराजन मेहता, ध्रुव कोइराला, सुभाष साह, प्रसानत केसी, सुषमीता, प्रतिक्षा, शोभा र जीवछ दासलगायतका अभिनय रहने जनाइएको छ ।
https://www.youtube.com/watch?v=0Eu_FVFn3vc