०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

जयनगर–जनकपुर रेल सेवाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आज उद्घाटन गर्दै

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र। २०७७ असोजमा खरिद गरिएको दुई वटा रेल नियमित संचालनको लागि आज उद्घाटन गरिँदै छ। १ फागुनदेखि बिना यात्रु (ड्राई रन) हुदै आएको कुर्था– जनकपुर–जयनगर रेल सेवा नियमित रुपमा सञ्चालनका लागि भारतको नयाँ दिल्लीबाट नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा र भारततीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार दिउँसो साढे १२ बजे भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

शनिबारर दुई देशका प्रधानमन्त्री उद्घाटन गरेपनि रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाले बताए। महाप्रबन्धक झाका अनुसार नेपाली समय साढे १२ वजे भारतको जयनगरस्थित नेपाली स्टेशनबाट रेलको उद्घाटन भई सञ्चालन हुनेछ।

जयनगरबाट आउने रेलमा भौतिक पुर्वाधार तथा यातायातमन्त्री रेणु यादव जनकपुरधाम हल्टमा रेलमा चढ्ने छिन्। मन्त्री यादव चढेर कुर्थासम्मको यात्रा गरेपछि पुनः रेल जनकपुर आउने छ। जनकपुरधाम कार्यालय परिसरमा आयोजना हुने कार्यक्रममा मन्त्री यादवले सम्बोधन गर्ने कार्यक्रम छ।

सर्वसधारणलाई रेलमा चढ्न आईतवारदेखि मात्रै खुल्ला हुने महाप्रबन्धक झाले जानाकारी दिए। उनले अगाडि भने, ‘शनिवार टिकट काटिने छैन, आईतवारदेखि मात्रै टिकट काटने व्यवस्था मिलाएका छौ। ‘टिकट काटने कर्मचारीदेखि लिएर अन्य कर्मचारी शुक्रवार नै जिम्मेवारी तोकिएको स्टेसन तथा हल्टहरुमा खटिसकेका छन्। तर शनिवारदेखि यात्री बोकेर चलाउन प्राविधिक समस्या भएकोले आईतवारदेखि नियमित संचालन गर्ने योजना बनाएका छौ।’

भारत सरकारको ८ अर्व ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयननर– विजलपुर– बर्दिवास सम्म ६९ किलोमिटर रेल मार्गअन्तर्गत पहिलो चरणमा जयनगर– कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन हुन लागेको महाप्रबन्धक झाले बताए।

रेल सञ्चालनका लागि चालकसहितका प्रविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जीटुजी सम्झौता भएको महाप्रन्धक झाले बताए । विगतमा चोरी भएका रेल्वे ट्रयाकको क्लिपहरु लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भईसकेको उनले बताए ।

विंसं २०७७ साल असोजमा नेपाल सरकारले भारतीय रेल्वे कोकंण कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा बोगिसहितको दुई वटा रेल खरिद गरेको थियो । तर, कानुन, कर्मचारी र वजेटको अभावमा रेल संचालन हुन सकिरहेको थिएन । रेल संचालनसम्बन्धी अध्यादेशबाट ल्याएको कानुन दुई पटक फेल भएपछि केही दिनअघि तेस्रो पटक अध्यादेशबाट ल्याएको कानुन अनुसार रेल सञ्चालन हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]