३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

धनुषाको कमला नगरपालिकामा जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र । पूर्वी धनुषाको कमला नगरपालिकास्थित जनप्रतिनीधिले नै जनता कुटेपछि गम्भिर घाईते भएका छन् ।

कमला नगरापालिका- २ सराबे टोलस्थित राम शरण मण्डलको छोरा रामनारायण मण्डलले स्थानीय जगत मण्डललाई टाउकोमा प्रहार गर्दा गम्भिर घाईते बनेका छन् ।

गत मँगलबार राती करिब ९ बजेको समयमा आफ्नो पैसा माग्न जाँदा वडासदस्य रामनारायण सहित उनका छोरा नीरज मण्डल र सोही ठाउँ बस्ने राम दयाल मण्डलको छोरा सँजय मण्डल लगायत मिलेर जगतलाई निर्घात कुटपिट गरेको बताइएको छ ।

माटो खसाईदिनको लागि वडासदस्य मण्डलको छोरालाई पैसा दिएकोमा माटो खसाईनदिएपछि जगतले आफ्नो पैसा फिर्ता माग्न जाँदा कुटपिट गरिएको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।

स्थानीयलाई उदृत गर्दै चौकीले घ ३ जना मिलेर जगतलाई कुटपिट गरी टाउकोमा प्रहार गर्दा गम्भिर घाईते भएको हो । उनको अहिले जनकपुरस्थित गोल्डेन हस्पिटलमा उपचार भईरहेको छ ।

जगत मण्डलको टाउकोमा १० वटा टाँका लगाइएको छ । टाउकोमा फाटाले प्रहार गरी गम्भिर घाईते बनाइएको जनाएको छ । यद्यपी, आरोपितहरु अझै पक्राउ गर्न सकिएको छैनन् । – न्यूज ब्यूरोबाट लिएको समाचार हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]