१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेपछि जनकपुरधाममा खुशियाली (फोटो फिचर)

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र । धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली रेललाई छोपिएको त्रिपाल च्यातिइसकेको थियो । रेलका कतिपय पार्टपूर्जामा खिया लागिसकेको थियो । शनिबार भने त्यही रेललाई रंगीचंगी फूलले सजाइयो ।

सजाइएको यही रेलको शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमले हरियो झण्डा देखाए लगत्तै रेल भारतको जयनगरबाट गुडेको थियो ।

गुडेको रेल जनकपुधरामसम्म आउँदा ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन् । कसैले फूल लिएर त कसैले नेपाल तथा भारतको संयुक्त झण्डा बोकेर रेलको स्वागत गरे ।

भारतको जयनगरबाट नेपाली समय अनुसार १ बजेतिर खुलेको रेल दिउँसो ३ बजेतिर जनकपुरधाम रेल्वे स्टेशन आइपुगेको छ । यहाँ रेल हेर्न बिहानैदेखि सर्वसाधारणको घुइँचो थियो । रेल संचालनमा आउन लागेको खबर पाएपछि जयनगरदेखि जनकपुरधामसम्मका विभिन्न ठाउँका जनता उत्साहित हुँदै रेल हेर्न आएका थिए ।

बालबालिकादेखि बृद्धबृद्धासम्मका व्यक्तिहरु फूल र दुई देशका झण्डासहित रेललाई स्वागत गरेका छन् । रेल हेर्न ठाउँ ठाउँमा स्थानीय जम्मा भएका थिए ।

शनिबार उद्घाटन भएको रेल भने आइतबारदेखि संचालनमा आउनेछ । दैनिक दुई पटक जयनगरदेखि कुर्थासम्म रेल संचालन हुने रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]