१६ माघ २०८२, शुक्रबार
30-01-2026 , Fri
×

प्रधानमन्त्री देउवा र मोदीले हरियो झण्डा देखाएर रेलको उद्घाटन गरेपछि जनकपुरधाममा खुशियाली (फोटो फिचर)

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ चैत्र । धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली रेललाई छोपिएको त्रिपाल च्यातिइसकेको थियो । रेलका कतिपय पार्टपूर्जामा खिया लागिसकेको थियो । शनिबार भने त्यही रेललाई रंगीचंगी फूलले सजाइयो ।

सजाइएको यही रेलको शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमले हरियो झण्डा देखाए लगत्तै रेल भारतको जयनगरबाट गुडेको थियो ।

गुडेको रेल जनकपुधरामसम्म आउँदा ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन् । कसैले फूल लिएर त कसैले नेपाल तथा भारतको संयुक्त झण्डा बोकेर रेलको स्वागत गरे ।

भारतको जयनगरबाट नेपाली समय अनुसार १ बजेतिर खुलेको रेल दिउँसो ३ बजेतिर जनकपुरधाम रेल्वे स्टेशन आइपुगेको छ । यहाँ रेल हेर्न बिहानैदेखि सर्वसाधारणको घुइँचो थियो । रेल संचालनमा आउन लागेको खबर पाएपछि जयनगरदेखि जनकपुरधामसम्मका विभिन्न ठाउँका जनता उत्साहित हुँदै रेल हेर्न आएका थिए ।

बालबालिकादेखि बृद्धबृद्धासम्मका व्यक्तिहरु फूल र दुई देशका झण्डासहित रेललाई स्वागत गरेका छन् । रेल हेर्न ठाउँ ठाउँमा स्थानीय जम्मा भएका थिए ।

शनिबार उद्घाटन भएको रेल भने आइतबारदेखि संचालनमा आउनेछ । दैनिक दुई पटक जयनगरदेखि कुर्थासम्म रेल संचालन हुने रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]