०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

कुकुरले मृत बच्चालाई मुखले च्यापेर अस्पताल डुलाएपछी सामाजिक सञ्जालमा भाइरल

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१९ चैत्र।वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ।

कर्णाली प्रदेशकै ठूलो अस्पतालभित्रको यो दृष्यले धेरैलाई आश्चर्यचकित बनाएको छ। ‘फार्मेसीमा औषधि लिन जाँदा कुकुरले टाउको नभएको बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको थियो,’ फोटो खिचेका कँडेलले भने, ‘कहँबाट कुकुरले बच्चा ल्यायो भन्ने थाहा भएन।’ उनले तत्कालै अस्पताल प्रशासनलाई पनि जानकारी गराए।

अस्पताल प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। ‘छानबिनका लागि प्रहरीलाई खवर गरेका छौं,’ अस्पताल प्रशासन प्रमुख विनोद बस्नेतले भने, ‘छानबिनपछि भएको के हो जानकारीमा आउँला।’

अस्पताल प्रशासनका अनुसार अस्पतालमा सुत्केरी हुँदा कसैको बच्चा मरेमा सम्बन्धित व्यक्तिलाई नै जिम्मा लगाउने गरिन्छ। तर, अस्पतालभित्रै कुकुरले बच्चा मुखमा च्यापेर हिँडेको विषय भने गम्भीर भएको उनले बताए। ‘यदी अस्पताललेनै मरेको बच्चा व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा हामी सालनाल डिस्पोज गर्ने ठाउँमा प्याकिङ गरेर गाड्ने गरेका हुन्छौं,’ उनले भने, ‘यसरी जथाभावी फाल्ने अस्पतालको तर्फबाट हुँदैन।’

उनका अनुसार अस्पतालको इमरजेन्सी पछाडि जंगल छ। त्यहाँ कसैले बच्चा जन्माएर फालेको पनि हुन सक्ने आशंका उनले गरे। ‘प्रहरीलाई घटना छानबिनका लागि पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘प्रहरीको प्रतिवेदनका आधारमा मात्रै घटनाको सही विवरण आउन सक्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]