०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

जसपाका जिल्ला सदस्यसहित दर्जनौं महिला कार्यकर्ताहरु जनमतमा प्रवेश

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

न्यूजमधेश डेस्क
मिर्चैया ,१७ चैत्र।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

महिला जनमत संघ सिरहाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा जसपा सिरहा जिल्ला सदस्य समेत रहेका अमृती देवि यादवकी नेतृत्वमा दर्जनौं महिला नेत्रीहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको हो।

उनिहरुलाई महिला जनमत संघ सिरहा अध्यक्ष गंगा देवी यादव फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गर्नुभयो।

सो प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका उपमहासचिव ई. इन्द्रजित यादव,सचिव संजय यादव,केन्द्रिय सदस्य रिना पासवान ,निर्मल मण्डल र पार्टीका जिल्ला अध्यक्ष बिजय साहसहिताका नेताकार्यकर्ताहरुको उपस्थितिमा जसपाका दर्जनौं महिला नेत्रीहरु जनमतमा प्रवेश गरे।

जनमत पार्टीका नेता श्याम यादवको विशेष पहलमा जसपाका महिला नेत्रीहरु पार्टी प्रवेश गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]