१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

निर्वाचन आयोगले ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्त

Logo
प्रकाशित बिहिबार, चैत्र २४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौँ,२४ चैत्र । निर्वाचन आयोगले ७१ निर्वाचन आयुक्तहरूलाई हटाएर नयाँ नियुक्त गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त ७१ निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाएर काम गर्न नसक्ने निवेदन दिएपछि उनीहरूलाई हटाएर नयाँ नियुक्त गरिएको बताए ।

आयोगको बिहीबारको बैठकमा अर्यालले भने, ुनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णयबमोजिम यसअघि तोकिएका निर्वाचन अधिकृतहरूमध्ये चैत २३ को निर्णयअनुसार ७१ जना निर्वाचन अधिकृतहरूलाई विभिन्न कारणले जिम्मेवारी बहन गर्न नसक्ने भएको हुनाले हटाएर ७१ जनालाई नयाँ नियुक्त गरिएको छ ।ु

अर्यालले नयाँ ७१ जनालाई यसअघि आएका नामबाट नै छनोट गरिएको जानकारी दिए । उनले अब सबै तहमा निर्वाचन अधिकृत पदपूर्ति भएको जानकारी दिए । उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरूलाई प्रशिक्षण दिइएको बताए ।

यसबीचमा राजनीतिक दलहरूले आचारसंहिता प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको अर्यालले बताए । उनले एमालेले केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको पनि जानकारी दिए । ुएमालेले आचारसंहितामा केही स्पष्ट हुने विषय छ भन्ने कुरा लिखित रूपमा आयोगमा पेस गरेको छ । स्पष्ट भइसकेपछि हस्ताक्षर गर्नुहुनेछ,ु उनले भने ।

एमालेका महासचिव शंकर पोखरेललगायतले पार्टीको तर्फबाट आचारसंहितामा रहेका आफ्ना असहमति ६ बुँदामा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]