१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ई.साहलाई मातृ शोक

Logo
प्रकाशित बुधबार, चैत्र २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ चैत्र ।विदेशमा रहेका मधेशीहरुको साथि गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष ई.शम्भु नारायण साहलाई मातृ शोक परेको छ ।

चैत्र २२ गतेको राति ११ बजे अध्यक्ष ई.साहकी ६ वर्षीया आमा समुन्द्री देवी साहको काठमाडौंस्थित शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र नेपालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्व. समुन्द्री देवी साहको चैत्र २३ गते अपरान्ह धनुषाको नगराइन नगरपालिका ५ गौन्गलीस्थित आफ्नै गाउँ नजिकै दाहासंस्कार गरिएको परिवारिक स्रोतले जनाएको छ ।

समुन्द्री देवीकी ३ छोरा र एक छोरी गरि रहेको छ ।अध्यक्ष ई .शम्भु नारायण साह माइलो छोरा हुन् । अध्यक्ष ई. साह जनमत पार्टीका केन्द्रीय सदस्यसमेत रहेको छ ।

समुन्द्रीदेवी साहको दाहासंस्कारमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई दिपक कुमार साह ,महासचिव चन्दन सिंह ,सचिव अनिता साह ,पार्टीका धनुषा जिल्ला अध्यक्ष ओम बिक्रम कुशवाहालगाइतका नेता कार्यकर्ताहरुको श्रद्धाञ्जली अर्पण गरि दाहासंस्कार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]